site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्व फुटबलका उत्कृष्ट पाँच प्रशिक्षक
Ghorahi CementGhorahi Cement

एजेन्सी । विश्व फुटबलमा खेलाडीको जति महत्व हुन्छ, प्रशिक्षकको त्यो भन्दा पनि धेरै हुन्छ । खेलाडीलाई कसरी राम्रो स्थानमा राख्ने र खेलाडीलाई कसरी उत्कृष्ट बनाउने भन्ने पनि प्रशिक्षकको हातमा हुन्छ । अझ भनौं, कतिपय खेलाडीको भविष्यको निर्धारण गर्ने मुख्य हात प्रशिक्षकमा नै हुन्छ ।

टिमलाई कस्तो अवस्थामा कस्तो तरिकाले खेलाउने, टिमलाई कुन स्थानमा लिने, टिमलाई उत्कृष्ट कसरी बनाउने भन्ने हात प्रशिक्षकमा हुन्छ । खेलाडीहरुको प्रतिभालाई निखार्ने पनि प्रशिक्षकको हातको कुरा हो । विश्वका अनेकन प्रशिक्षकहरुले आफ्नो देश र क्लबको नाम चर्चामा लगाएका छन् । अन्तर्राष्ट्रिय पत्रिका ‘स्पोर्टस् कीडा’ले हालका उत्कृष्ट पाँच प्रशिक्षकको चर्चा गरेको छ ।

५) माउरिसिओ पोचेटिनो (टोटेनहम)

Agni Group

पोचेटिनो अर्जेन्टिनी फुटबल प्रशिक्षक हुन् । स्पेनिस क्लब स्पायनलमा राम्रो प्रभाव पारेपछि उनी इङ्ल्यान्डको प्रिमियर लिग क्लब टोटेनहममा २०१४ मा आएका थिए । साउथएम्पटनमा पनि उनले राम्रो प्रभाव पारेका थिए । अहिलेको समयमा टोटेनहमले गरेको उत्कृष्ट प्रदर्शनमा उनको ठूलो भूमिका छ । 

Global Ime bank

टोटेनहममा ह्यारी केन, डेली अली, किरन ट्रिपियर, इरिक डाइरजस्ता युवा खेलाडीहरुलाई स्थान दिएका छन् । ह्यारी केनलाई राम्रो बनाउने श्रेय पोचेटिनोलाई जान्छ । उनले टोटेनहमको कमजोर पक्षलाई सुधार गर्दै बलियो पक्षलाई मध्यनजर गर्दै टिमलाई उत्कृष्ट बनाएका छन् ।

पोचेटिनोको टिम गएको सिजनको च्याम्पियन लिगमा दोस्रो भएको थियो । पोचिटिनोको कारणले टोटेनहम इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भएको थियो । गएको सिजनको प्रिमियर लिगमा टोटेनहम चौथो स्थानमा थियो भने २०१७–२०१८ को सिजनमा तेस्रो । पोचेटिनो टोटेनहममा आएपछि टोटेनहामको खेल प्रदर्शन नै बनेको छ ।

४) डिएगो सिमोन (एट्लेटिको मड्रिड)

अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमोन सन् २०११ को डिसेम्बरमा एटलेटिको मड्रिडमा आएका थिए । उनी एट्लेटिकोमा आएदेखि आफ्नो क्लबले राम्रो प्रदर्शन गर्न सफल भएको छ । एट्लेटिको हाल ला लिगाको शीर्ष स्थानमा भएको टोली हो । 

क्लबमा आएको पहिलो सिजनमा नै उनले यूरोपा लिग जिताएका थिए । त्यसको एक वर्षपछि उनले स्पेनिश क्लबको बादशाह रियल मड्रिडलाई पराजित गर्दै कोपा डेल रे जिताए । यति मात्र होइन, ला लिगामा एट्लेटिकोलाई दोस्रो र तेस्रो स्थानमा राख्न पनि सफल भएका छन् । २०१३–२०१४ को सिजनमा सन् १९९६ पछि पहिलो पटक एट्लेटिकोले ला लिगा जितेको थियो । च्याम्पियन लिगमा पनि आफ्नो स्थान बनाउन खोजिरहेको तर प्रतिद्वन्द्वी रियल मड्रिडले सपना पूरा हुन दिएको छैन ।

एट्लेटिकोमा सफल भए पनि फलदायी हुन नसके पनि २०१८ मा पुनः दोस्रो पटक युरोपा लिग जिताएका थिए । गएको वर्षको अगस्टमा यूईएफए सुपर कपमा रियल मड्रिडलाई हराउन पनि सफल भएको थियो । सिमोनले आफ्ना खेलाडीहरुको विश्वास जित्न सफल भएका छन् र उनीहरुलाई सही बाटोमा पनि हिँडाएका छन् । उनले प्रतिद्वन्द्वीहरुलाई प्रभावकारी ढङ्गले आफ्नो कौशल देखाइरहेका छन् ।

३) मास्सिमिलियानो एलग्री

एलग्रीले गएको एक दशकमा इटालियन क्लबमा निकै सुधार ल्याएका छन् । उनी २०१० मा एसी मिलानमा आएका थिए । उनी आएको २०१०–२०११ को सिजनमा एसी मिलानले सिरी ए टाइटल जितेको थियो । त्यो समयदेखि एलग्रीले आफ्नो पकड बलियो बनाइरहेका छन् । उनले युभेन्टसलाई पनि पाँच सिरी ए टाइटल दिलाएका छन् ।

विपक्षीहरुको अवस्था बुझेर उनीहरुमा भारी पर्नु एलग्रीको खास विशेषता हो । युभेन्टसमा उनले रामो गर्लान् भनेर सोचेका थिएनन् । तर युभेन्टसमा पनि उनले रामो प्रभाव पारे । हाल उनी प्रशिक्षकको भूमिका बाहिर छन् । उनले कुनै क्लब सम्हालेको स्थिति पनि छैन । एलग्रीले इटालीबाहिर पाइला हालेका छैनन् । कतै उनी देशबाहिरको क्लबमा आँखा लगाइरहेका छन् कि ?

२) योर्गेन क्लोप (लिभरपुल)

योर्गेन क्लोप जर्मनीका प्रशिक्षक हुन् । १४ वर्ष जर्मनीका क्लबहरुमा प्रशिक्षकको रुपमा काम गरेर सन् २०१५ मा उनी इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलमा आएका थिए । लिभरपुलमा आउनुभन्दा पहिले उनको डर्टमन्डमा पनि राम्रो प्रभाव थियो ।

सुरुमा लिभरपुलमा आउँदा अप्ठयारो भए पनि अहिले उनी लिभरपुलमा स्थापित भइसकेका छन् । लिभरपुललाई विश्वको उत्कृष्ट क्लब बनाउने प्रयत्नमा आफ्नो सक्दो क्षमता लगाउँदैछन् । लिभरपुललाई क्लोपले २०१८–२०१९ सिजनको च्याम्पियन लिग उपाधि जिताएका थिए । यति मात्र नभई प्रिमियर लिगमा लिभरपुल रनरअप पनि भएको थियो ।

यसपालि भने क्लोपको आँखा प्रिमियर लिगमा रहेको छ । आजसम्म लिभरपुलले प्रिमियर लिग जितेको छैन । यो सिजन क्लोप लिभरपुललाई प्रिमियर लिगको उपाधि दिलाउने लक्ष्यमा छन् ।

१) पेप ग्वार्डिओला (म्यानचेस्टर सिटी)

संसारभरका फुटबल समर्थकहरुलाई अहिलेको सबैभन्दा उत्कृष्ट प्रशिक्षक को हो भनी प्रश्न गर्दा उत्तर आउनेछ– पेप ग्वार्डिओला । ग्वार्डिओला स्पेनीस प्रशिक्षक हुन् । भनिन्छ कि ग्वार्डिओला जहाँ जान्छन् त्यहाँ उनले प्रभाव पारेरै छाड्छन् । सन २००८ बाट उनले आफ्नो सिनियर टिममा प्रशिक्षकको रुपमा डेब्यु गरेका थिए । एक वर्ष भने उनी बार्सिलोनाको टिम ‘बी’ मा प्रशिक्षक थिए ।

बार्सिलोनमा उनी चार वर्ष प्रशिक्षकको रुपमा काम गरे । चार वर्षमा उनले बार्सिलोनालाई टाइटलको थुप्रो लगाइदिए । उनले बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लिगा, कोपा डेल रे लगायतका उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले । धेरैले यो पनि भन्ने गर्छन् कि ग्वार्डिओलाले जाभी, इनिस्टा अनि मेस्सीलाई पनि उत्कृष्ट खेलाडी बनाउन महत्वपूर्ण भूमिका खेले । चार वर्ष बार्सिलोनामा बसिसकेपछि उनी वायर्न म्युनिखमा गए । त्यहाँ गएर पनि आफ्नो इज्जतलाई कायम गर्न सफल भए । वायर्नमा आएको पहिलो सिजनमा नै उनले यूईएफए सुपर कप जिताएका थिए ।

वायर्नमा राम्रो छाप पार्न सफल ग्वार्डिओला सन् २०१६ बाट म्यानचेस्टर सिटीमा प्रशिक्षण गराइरहेका छन् । उनले सुरुको सिजन बिना ट्रफी बिताएका थिए । जुन उनको जीवनको एकमात्र उपलब्धि नभएको सिजन हो । गएको दुई सिजनदेखि सिटीले लगातार प्रिमियर लिग जितिरहेको छ । यो सिजन भने सिटीले च्याम्पियन्स लिगमा उत्कृष्ट सुरुवात गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC