site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सरकारले यस वर्षको संविधान दिवसलाई राष्ट्रिय दिवसमा रूपमा मनाउन ‘आह्वान’ गरेको छ । सरकारी कर्मचारीलाई संविधान दिवसको कार्यक्रममा अनिवार्यरूपमा सामेल हुन ऊर्दी गरिएको छ भने नागरिकहरूलाई पनि तीन दिनसम्म दीपावली गर्न अह्वान गरिएको छ । त्यतिमात्र हैन सरकारले संविधान दिवसमा दिन लगाउन राष्ट्रिय झन्डा भएको टीसर्टको नमुना पनि सार्वजनिक गरेको छ । नेपालको संविधान, २०७२ जारी भएपछि मात्र हैन पञ्चायत ढलेयता सरकारले संविधान दिवसमा यति तामझाम देखाएको थिए । अर्कातिर प्रदेश नम्बर २ मा केन्द्रित समाजवादी र राष्ट्रिय जनता पार्टी नामका दलहरूले भने संविधान दिवस नमनाउने घोषणा गरेका छन् । प्रदेश नम्बर २ का यी सत्तारुढ दलहरूमध्ये एउटाले विरोधै गर्ने र अर्काे ‘विरोध न समर्थन’को अवस्थामा रहने उनीहरूले बताएका छन् । 

शासकले जति तामझाम देखाउँछन् जनता उति नै दिक्क हुन्छन् । तामझामले श्रद्धा र समर्थन पनि बढाउँदैन । तर, सत्तामा बस्नेहरूले यो यथार्थ कहिल्यै बुझ्न खोजेको देखिएन । राणाहरूको तामझाम देखेर जनता डराउँथे । राजाहरूले पनि जनतालाई तर्साएरै तह लगाउने बाटो रोजे । पञ्चायत कालमा जनतामाथि थोपरिएको संविधानलाई जनताले मानेको देखाउन निकै तामझामसाथ समारोह आयोजना गरिन्थ्यो । त्यही प्रवृत्ति र मनोवृत्ति अहिले पनि कायमै रहेछ । संविधान दिवस मनाउन सरकारले आह्वान गर्नुसम्म उचितै होला तर दीपावलीको ऊर्दीदेखि सत्ताधारीको धम्कीसम्मले भने जनतालाई झन् विकर्षित बनाउन सक्छ । त्यस्तो विकर्षण सत्ताधारीमा सीमित रहे पनि त्यो चिन्ताको विषय हुँदैनथियो । तर, शासकहरूप्रति प्रकट हुने वितृष्णा र क्षोभ अन्ततः व्यवस्थाप्रति नै लक्षित हुन पुग्छ । नेपाली जनता अझै पनि सरकारका गल्तीहरूलाई शासन व्यवस्थासँग जोड्न तयार देखिएका छैनन् । यो शासकहरूलाई सुध्रने मौका हो । 

हुनत, तत्कालीन राजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरूको चहलपहल केही बढेको छ । त्यस्तै, संविधानविरुद्ध हतियार उठाउने समूह पनि सक्रिय देखिएको छ । तर, यिनको प्रभाव जनस्तरमा नगण्य देखिन्छ भने संविधानको समर्थन गर्नेहरूलाई जनताले अत्यधिक समर्थन दिएका छन् । अहिलेको अवस्थामा संविधानमाथि खतरा सत्तापक्षबाटै हुनसक्छ । संविधानको अक्षर र भावनाको पालना नगर्नु वा मर्मको अवज्ञा गर्नु प्रकारान्तरले संविधानको उल्लंघन गर्नु नै हो । यद्यपि, सत्तापक्षका लागि संविधानको निकै महँगो पर्न सक्छ । तामझाम देखाएर हैन अक्षरशः पालना गरेर र गराएर संविधानको रक्षा गर्न सकिन्छ । सरकारले जति राम्रो काम गरेर जनतालाई रिझाउँछ संविधानप्रति जनसमर्थन उत्तिकै बढ्छ । शासन व्यवस्थाबाट आफ्नो कल्याण भएको अनुभव गरेमा सरकारले ऊर्दी नगरे पनि जनताले संविधान दिवसमा दीपावली गर्नेछन् । संविधान दिवसले राजनीतिक दलहरूबीच सहिष्णुता, सद्भाव र संवाद बढाउन प्रेरणा देओस् भने सरकारले लोकतन्त्रप्रति प्रतिबद्ध हुने सद्बुद्धि प्राप्त गरोस् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC