site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘हरि’को लगानी ८६ लाख, निर्माताको हातमा १० हजार
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हरि’लाई समीक्षकले राम्रो भने पनि लगानी भने उठाउन सकेन । गत वर्ष रिलिज भएको चलचित्र निर्माणमा ८६ लाख लागेकोमा निर्माताको हातमा जम्मा १० हजार रुपैयाँ मात्रै आएको थियो । 

“निर्माण तथा पब्लिसिटीसमेत गरेर ८६ लाख रुपैयाँ लागेको थियो । तर हलबाट ट्याक्स काटेर निर्माताको हातमा जम्मा १० हजार रुपैयाँ परेको थियो,” बिहीबार चलचित्र समीक्षक समाज नेपालले काठमाडौंमा ‘हरि’ प्रदर्शनपछि गरेको अन्तरक्रियामा निर्देशक सफल केसीले भने । 

आम नेपाली चलचित्रभन्दा फरक रहेकाले ‘हरि’ले बक्स अफिसमा राम्रो ब्यापार गर्दैन भन्ने पहिला नै अनुमान भने गरेको निर्देशक प्रतीक गुरुङले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली समाजकै कथा भएकाले आफूहरुले कथा उठाएको र कथाअनुसार बनाउँदै जाँदा भिन्न फर्मममा चलचित्र बनेको गुरुङले बताए । ‘हरि’ अति यथार्थबादमा बनेको चलचित्र हो । 

‘हरि’को निर्देशक भनेपछि पुराना निर्माताहरु टाढिने गरेको तर नयाँ निर्माताले भने विश्वास गर्ने गरेको निर्देशक केसी बताउँछन् । “यद्यपि हामीले नयाँ चलचित्रका लागि प्रोड्युसर पाइसकेका छौं ।” 

Global Ime bank

निर्देशक गुरुङले आम चलचित्रभन्दा फरक खालका चलचित्र अहिलेको अवस्थामा दर्शकले मन नपराए पनि चलचित्रको ‘लिट्रेसी’ बढाउन पनि यस्ता खालका चलचित्र बनाउँदै जाने बताए । 

‘हरि’ नायिका थिन्ले लामोले मुलधारका भन्दा बाहिरका चलचित्र हेर्न बानी बसाल्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, “बजारमा आइरहेकाभन्दा हरि जस्ता फरक खालका चलचित्र हेर्ने बानी बसाल्नुपर्छ । अनि मात्रै यस्ता खालका चलचित्र फेरिफेरि बन्छन् ।”

चलचित्र ‘हरि’मा वीपीन कार्की मुख्य भूमिकामा छन् ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC