site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यू–१८ साफ च्याम्पियनसिप फुटबलः लक्ष्य उपाधि ह्याट्रिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । तेस्रो संस्करणको यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता शुक्रबारबाट घरेलु मैदानमा सुरु हुँदैछ । प्रतियोगितामा आयोजक नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्ने लक्ष्य लिएको छ ।  पहिलो खेलमानै उत्कृष्ट नतिजा निकाल्दै प्रतियोगिताको उत्कृष्ट सुरुआत गर्ने नेपालको मुख्य योजना रहेको छ ।

खेलअघि प्रि म्याच कन्फ्रेन्समा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधिमा ह्याट्रिक मुख्य भएको श्रेष्ठको भनाइ छ । 

“हाम्रो मुख्य लक्ष्य भनेको उपाधि ह्याट्रिक गर्ने हो । त्योभन्दा पहिला हामी माल्दिभ्सविरुद्धको खेलबाट उत्कृष्ट सुरुवात गर्ने योजनामा छौँ । त्यसरी नै अन्तिमसम्म हाम्रो प्रदर्शनले निरन्तरता पाउनेछ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालले पहिलो खेल माल्दिभ्ससँग शुक्रबार दिउँसो ३ः०० बजे खेल्नेछ । तुलनात्मक रुपमा नेपाल माल्दिभ्सभन्दा बलियो टोली हो । 

तयारीको हिसाबमा भने नेपालको तयारी माल्दिभ्सभन्दा धेरै कमजोर छ । नेपालले साफका लागि मात्र भनेर जम्मा ४५ दिन तयारी गरेको छ ।

Global Ime bank

“नेपाल घरेलु मैदानमा भएकाले केही राहत मिल्नेछ । मिडफिल्डरको पोजिसन हाम्रो सबैभन्दा बलियो पक्ष हो । हामीले धरै आक्रामक विधि अपनाउने छौँ । विषेशगरि कुन टोलीको प्रदर्शन कस्तो छ त्यहीअनुसार हाम्रो प्रदर्शन हुनेछ । प्रतियोगितामा सबै टिम बलिया छन् । प्रतियोगितामा सहभागीमध्ये सबैभन्दा बलियो टोली छान्दा म नेपाललाई लिन्छु,” श्रेष्ठले भने ।

प्रशिक्षक श्रेष्ठले नेपाली टोलीमा रहेका केही खेलाडीहरु ए डिभिजन लिग खेलेका हुनाले पनि अझै सहज हुने बताए । साथै नेपाली टोलीले लामो समयदेखि ए डिभिजन टोली र विभागीय टोलीसँग मैत्रीपूर्ण खेल खेलेकाले पनि प्रतियोगितामा त्यसले धेरै सहज बनाउने बताए । 

उता नेपाली टोलीका कप्तान जय गुरुङ पनि उपाधि ह्याट्रिक मुख्य लक्ष्य भएको बताउँछन् ।

“तयारीको हिसाबमा हामी बलियो छौँ । साविक विजेता भएकाले प्रतियोगितामा हामीलाई सहज हुनेछ । टिम पहिलेको वर्षभन्दा बलियोनै छ । ए डिभिजन लिगका खेलाडीसँग राम्रो अभ्यास खेल भएको छ त्यसले पनि धेरै सहज हुनेछ,” जयले भने ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement