site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हप्तामा एक–दुईपटक दिउँसो सुत्नु मुटुका लागि राम्रो 
Sarbottam CementSarbottam Cement

एजेन्सी । वैज्ञानिकहरुले गरेको नयाँ अनुसन्धानमा हप्तामा एक दुईपटक दिउँसो सुत्ने गर्नुले स्ट्रोक र हृदयघातको जोखिम कम गराउने पत्ता लागेको छ ।  स्वीट्जरल्यान्डको युनिभर्सिटी हस्पिटल अफ लोसेनले दिउँसो सुत्ने समय र मुटु सम्बन्धी रोग कसरी सम्बन्धित छन् भन्ने अध्ययन गर्ने क्रममा यस्तो पत्ता लगाएको हो । 

यसबीच उनीहरुले ३५ देखि ७५ वर्षका तीन हजार ४६२ जनामा पाँचवर्ष लगातार परीक्षण गरेको हो जसबीच हप्तामा एक वा दुईपटक पाँचमिनेटदेखि एक घण्टासम्म सुत्नेहरुमा अन्यको तुलनामा हृदयघात हुने सम्भावना ४८ प्रतिशत कम रहेको पाइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

बेलायती कार्डियो सोसाइटीको जर्नल ‘हार्ट’ मा प्रकाशित यस अध्ययनले धेरै सुत्ने वा धेरैपटक सुत्नाले भने कुनै प्रभाव नपार्ने पनि बताएको छ । 

यसअघि पनि दिउँसो सुत्नुले मुटुमा पार्ने स्वास्थ्य सम्बन्धी असरबारे थुप्रै अध्ययन गरिएको छ जसले पनि सुत्ने समय र कतिपटक सुत्ने भन्ने कुरालाई केन्द्रित गरेको अक्सफोर्ड युनिभर्सिटीका मुटु सम्बन्धी विशेषज्ञ स्टिफन मेकमहोनले बताएका हुन् । 

Global Ime bank

उनले भनेका छन्, “यस अनुसन्धानमा दिउँसोको सुताइ र मुटुबीच पत्ता लागेको सम्बन्धले सबै पुराना रोगमाथि प्रकाश पार्दैन र प्रायः अवसथामा मुटु सम्बन्धी रोग अत्यन्तै गम्भीर र जटिल हुन्छन् र हुनुपूर्व लक्षण पनि देखाउँदैनन् । ”

मेटाबोलिक मेडिसिन युनिभर्सिटी अफ ग्लासगोका प्रोफेसर नाभिद सतारका अनुसार यो नयाँ अनुसन्धाले अत्यन्तै रोचक गति लिइरहँदा हप्तामा एक वा दुईपटक दिउँसो सुत्नेको जीवनशैली व्यवस्थित र स्वस्थ भएको पाइएको हो भने दिनदिनै सुत्नेहरु चाहिँ झन बिरामी पर्न सक्ने सम्भावना बढी देखिएको छ । यसको अर्थ स्वस्थ जीवनशैलीयुक्त मानिसहरुले नियन्त्रित रुपमा बेलाबेलामा मात्र दिउँसो सुत्ने गरेका छन् तर अस्वस्थ जीवनशैली अपनाइरहेका चाहिँ लामो समयसम्म दिउँसो सुत्ने बानी परिसकेको छ । यसले पनि छुट्टै जोखिमतर्फ संकेत गराउँछ । यस्तोमा सबैले अहिलेका लागि राति राम्रो निद्रा पुर्याउने, स्वस्थ जीवनशैली, स्वस्थ डायट र मध्यम सक्रियता स्तर कायम राखेमा धेरै रोगबाट बच्न सकिन्छ । ”  – सीएनएन  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC