site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जागिरको लोभमा यौनधन्दाको फन्दा, बालिकाको प्रयोग 
Sarbottam CementSarbottam Cement

पोखरा । घरमा खाने खर्च पनि नभएपछि एक युवती काम खोज्दै पोखरा आइन् । सहर जाने र काम गर्ने अनि केही रकम बचाएर घरखर्च पठाउने सोचका साथ उनी काम खोज्दै होटेल-होटल चहारिन् । होटेल मालिकले काम भन्दा पनि उनको शरीर देखेर काममा राखे । एकदुई दिन त काम नै गरिन् ।

दुईचार दिनपछि होटेल सञ्‍चालकले अन्य ग्राहकसँग ती युवती मिलाइदिने भन्दै थप रकम लिन थाले । युवतीलाई थाहा नै छैन । होटेल सञ्‍चालकले रकम बुझेपछि ग्राहकहरुले युवतीको जबर्जस्ती करणी गर्न थाले । एउटा काममा राख्ने र जबर्जस्ती यौनधन्दामा लगाउने गरेपछि पीडित युवती न्याय खोज्दै प्रहरीकहाँ पुगिन् ।

कास्की प्रहरीले अहिले होटेल सञ्चालकलाई नियन्त्रणमा लिएर मानव बेचबिखन मुद्दा चलाएको छ । यो घटना गत भाद्र १० गतेको हो । पोखरा महानगरपालिका २९, ३० र ३१ घर भएका तीन युवतीलाई जबर्जस्ती यौनधन्दामा लगाउने र रकम लिने गरेको थाहा पाएपछि प्रहरीले पोखरा १८ सेदीबगरमा रहेको एक गेष्ट हाउसका सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“आर्थिक अवस्था कमजोर भएपछि काम खोज्दै आएका युवतीलाई राम्रो काममा लगाइदिन्छु, पारिश्रमिक पनि राम्रै दिन्छु भनि प्रलोभनमा पारेर यौनधन्दामा लगाएको रहेछ” कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भने, “काममा राख्ने र यौनधन्दामा लगाउने होटेल सञ्चालकलाई नियन्त्रणमा लिएका छौँ ।”

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार साउन र भदौमा मात्रै यस्ता प्रकृतिका घटनामा तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काम खोज्न आएका युवतीको पहिचान गर्ने र आर्थिक प्रलोभनमा पारी यौन व्यवसायमा लगाउने गरेको प्रहरीको भनाइ छ । गत साउन १८ मा पनि सोही प्रकृतिको घटना घटेको छ । जसमा नाबालिका पनि संलग्न भएको पाइएको छ ।

Global Ime bank

पोखराको लेकसाइडस्थित अर्को एक होटेलका सञ्‍चालक पनि पक्राउ परे । 

“राम्रो काममा लगाइदिन्छु, पैसा पनि आउँछ, भनेर प्रलोभनमा पार्ने, त्यसपछि होटेलमा आउने विभिन्न ग्राहकसँग बार्गेनिङ गरी रकम बुझ्ने र जबर्जस्ती यौनधन्दामा लगाएको पाइयो,” कार्कीले भने, “नाबालिकालाई पनि यौनधन्दामा लगाएपछि अहिले जबर्जस्तीकरणी मुद्दा र मानव बेचबिखनको मुद्दा चलाइएको छ ।

ती होटल सञ्चालकले १६ वर्षीय नाबालिका र १८ वर्षीय युवतीलाई काममा राखेर वेश्यागमनमा लगाउने गरेका थिए । साउनयता मात्रै यस्ता प्रकृतिका तीनवटा घटनामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । साउन १७ गते पनि पृथ्वीचोकमा होटेल सञ्चालन गर्ने २२ वर्षीय एकजना सञ्चालक पक्राउ परे । उनले युवतीलाई फकाएर काममा राख्ने र वेश्यागमनमा लगाई आर्थिक लाभ लिने गरेका थिए ।

अज्ञानता र आर्थिक प्रलोभन देखाएर बालिका र युवतीलाई ग्राहकसँग बसाएर यौनधन्दा गरेको आरोपमा पोखराको पृथ्वीचोक, बाग्लुङ बसपार्क, लेकसाइडस्थित मुख्य बजार क्षेत्रबाट श्रृंखलाबद्ध रुपमा पक्राउ पर्ने क्रम बढ्दो छ । पृथ्वी राजमार्ग, पोखरा-बाग्लुङ सडकखण्ड आसपासका केही होटल सञ्चालकले बालिका र युवती राखेर यौनधन्दा गर्ने प्रहरी बताउँछ ।

यस्ता प्रकृतिका घटनामा कतिपयले युवतीलाई पनि केही रकम दिने गरेको पाइएको छ । “पीडितलाई पनि केही पैसा दिने गर्दारहेछन्, उनीहरुले उजुरी पनि दिन सक्दैनन्, रकम पनि पाउँछन्, अनि रोजगारीको वैकल्पिक उपाय पनि नभएपछि बाध्य भएर सहेर बस्ने गर्दछन, यस्तोमा हामीले अन्य शक्ति (सहायता) केन्द्रको सहयोगमा उद्धार गर्ने गर्दछौँ,” उनले भने, “अहिले ती नाबालिकालाई शक्ति केन्द्रको संरक्षणमा राखेका छौँ ।”    

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार पछिल्ला तीन वर्षमा मानव बेचबिखनका ९ वटा मुद्दा परेका छन् । २०७३-०७४ मा ३, ०७४-७५ मा ४ र गत आवमा २ वटा मुद्दा परेको प्रहरीको तथ्यांक छ । 

तर, यी बाहेक धेरै यस्ता घटनाहरु भने अन्य मुद्धामा परिणत हुने गरेका छन् । कारण, आर्थिक लेनदेन देखिए प्रहरीले मानव बेचबिखन मुद्दा लगाउने गर्दछ, तर कतिपय अवस्थामा पीडित र पीडकको सहमति भएका कारण सार्वजनिक हितविरुद्ध देखिएको हुँदा सार्वजनिक मुद्धामात्र लगाउने गरिएको छ । 
“कतिपय घटना शंकास्पद हुन्छन्, तर युवतीको सहमतिमा नै हुने गरेका त्यस्ता घटनामा भने पीडितले नै उजुरी दिन मान्दैनन्, जसका कारण मुद्धा नै फितलो हुने गरेको छ,” कार्की भने । पक्राउ परेका सबैलाई मानव बेचबिखन विरुद्धको मुद्दा चलाइएको छ ।
सांकेतिक तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC