site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘सुपथ मूल्य पसलमा भन्दा सस्तोमा सामान पाएको समाचारले खुसी बनायो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सुपथ मूल्य पसलमा भन्दा सस्तोमा सामान पाउनु त खुसीको कुरा रहेको बताएका छन् । बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले सरकारले सुपथ मूल्य पसको नाममा कालो बजारी नगरेको दाबी गर्दै मन्त्री यादवले सुपथ मूल्य पसलले बजारमा अत्यावश्यक सामाग्रीको अधिकतम मूल्य कायम गरेको बताए ।

मन्त्री यादवले त्यस्ता पसलले बजारको महंगी नियन्त्रण गरेकोमा आफू खुसी रहेको बताए । उनले भने, “सुपथ मूल्य पसल सञ्चालनमा आएपछि व्यापारीबीच मूल्य घटाउन प्रतिस्पर्धा चलेको रहेछ । हेर्नुस् त प्रतिकिलो ८० रुपैयाँ पुगेकोमा अहिले ७२ रुपैयाँमा पनि बिक्री हुन थालेछ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

तर, सरकार व्यापार गर्न नबसेको बताउँदै उनले व्यापारीहरुले एउटामा छुट दिएर अर्कोबाट नाफा असुल्न गरेको हुनसक्ने आशंका व्यक्त गरे ।

मन्त्री यादवले सरकारले दैनिक उपभोग्य वस्तुमा केही सहुलियत दिने घोषण पनि गरे । उनले भने, “संविधान दिवसको अवसरमा केही उपभोग्य वस्तु थप सस्तो बनाउने योजनामा छौं ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC