राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान दिवसको अवसरमा शुभकामना दिँदै यसलाई सबैको साझा दस्ताबेज बनाउन आव्हान गरेका छन् ।
उनले ट्विट गर्दै भनेका छन्,‘‘जनयुद्ध, मधेस आन्दोलन लगायतको बलमा नेपाली इतिहासमा पहिलो पटक सार्वभौम नेपाली जनताले संविधानसभाबाट संविधान जारी गरेकोमा गर्व गर्दै संघीयता, शासकीय स्वरूप, नागरिकता जस्ता विषयमा अग्रगामी संशोधन गरेर संविधानलाई सबै जनताको साझा दस्तावेज बनाऔ । संविधान दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ।’’
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६ ११:४८
प्रतिक्रिया दिनुहोस्