site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मन्त्री बस्नेतले न्यूयोर्कमा जलवायु परिवर्तनको कुरा उठाउने
Ghorahi CementGhorahi Cement

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत साताव्यापी भ्रमणका सिलसिलामा गएराति अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको आयोजनामा हुने जलवायु सम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । 

सम्मेलन आगामी २३ सेप्टेम्बर (सोमबार) देखि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सुरु हुनेछ ।  मन्त्री बस्नेतले सम्मेलनको दुई सत्रलाई सम्मेलन गर्ने कार्यसूची छ । उनले ‘अ कल फर एक्सनः रेजिङ एम्बीसन फर क्लाइमेट एडप्टेशन एण्ड रेजिलियन्स र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’ विषयमा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । यस्तै मन्त्री बस्नेत आगामी मंगलबार संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी विशेष सभामा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ ।

Agni Group

न्यूयोर्क प्रस्थान गर्नुअघि मन्त्री बस्नेतले जलवायु परिवर्तन अनुकूलनका दिगो र  प्रभावकारी कार्यक्रम तय गर्न विश्व समुदायलाई अपिल गरिने जानकारी दिए । मन्त्री बस्नेतले नेपालका तर्फबाट जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण विश्व भयाबह संकटको नजिक पुगेकाले यसको समाधान नियमित प्रयासबाट मात्र सम्भव नहुने भएकाले विश्वस्तरबाटै साझा पहल हुनुपर्ने विषय उठाइने जानकारी दिएका छन् । नेपालले यसपटक जलवायु परिवर्तनमा न्यून भूमिका रहेको तर असरबाट अतिप्रभावित नेपालजस्ता मुलुकको अनुकूलन क्षमता बढाउन आवश्यक श्रोतको व्यवस्था गर्न अपिल गर्ने भएको छ । 

यस्तै नेपालले जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिमालयहरु पग्लने क्रम बढेको र त्यसको प्रभावबाट विश्व नै प्रभावित भएको विषयमा समेत विश्व समुदायको ध्यानाकर्षण गराउने जनाइएको छ । आगामी नोभेम्बरमा चिलीमा हुने जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलन (कोप) को तयारी स्वरुप यो सम्मेलन हुन लागेको जनाइएको छ ।
    

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC