site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल भारत व्यापार सन्धि पुनरावलोकन बैठक आगामी साता नयाँ दिल्लीमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल भारत व्यापार सन्धि पुनरावलोकन बैठक सेप्टेम्बर २६ र २७ गते बस्ने भएको छ । नेपाल–भारत व्यापार सन्धि २००९ को पुनरावलोकन सम्बन्धि तेस्रो बैठक नयाँ दिल्लीमा आयोजना हुनेछ ।

यसका लागि सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीमा मन्त्रालयसहित अर्थ, परराष्ट्र मन्त्रालय लगायतका उच्चपदस्थ अधिकारी सामेल रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जानकारी गराएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालय स्रोतले भन्यो, “सेम्टेम्बर २६ र २७ नयाँ दिल्लीमा हुने पुनरावलोकनका लागि तयारी अगाडी बढाइएको छ । यसका लागि मन्त्रीपरिषद्को बैठकले ढकालको नेतृत्वमा टोली बनाएको हो ।”

यसअघि सन्धि पुनरावलोकनको दोस्रो वैठक गत माघमा पोखरामा भएको थियो । अघिल्लो वर्ष १६ बैशाखमा भएको नेपाल–भारत अन्तरसरकारी समिति (आईजीसी) बैठकमा वणिज्य सन्धि पुनरावलोकन गर्ने सहमति भएको थियो । सहमति अनुासर वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर शैंजु नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले भारतसँग वाणिज्य सन्धि पुनरावलोकनका लागि वार्ता गरेका थियो ।

Global Ime bank

सोही वर्ष साउनमा भएको पहिलो चरणको वार्तामा खोलेका छलफलको दायरालाई संश्लेषण दास्रोचरणको वार्ताले गरेको थियो । सन् २००९ मा संशोधन भएको वाणिज्य सन्धिमा दुईपल्ट पुनरावलोकन गरिएको हो ।

नेपालले पछिल्लो समय भारतर्फको व्यापार घाटा बढ्दै गएकाले निकासी प्रवद्र्धन र भारतीय ठूला लगानीलाई नेपालमै भित्र्याउन सक्ने गरी सन्धि पुरनरावलोकनको एजेन्डा बनाउने गरेको छ । यसपल्टको वैठक पनि सोही एजेन्डामा केन्द्रित हुने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC