site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यौनशोषणको आरोपमा भारतका पूर्व संघीय मन्त्री पक्राउ
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । भारतका पूर्व केन्द्रीय मन्त्री चिन्मयानन्दलाई विशेष जाँच दल(एसआइटी)को समूहले उनको आश्रमबाट शुक्रबार गिरफतार गरेको छ । लखनउस्थित उनको घरबाट सुरक्षाकर्मीको टोलीले उनलाई गिरफ्तार गरेको हो । उनको मेडिकल परिक्षण गरेपछि गिरफ्तारीको घोषणा हुन सक्ने जनाइएको छ ।

उनलाई यौन शोषणको आरोपमा एसआइटीले गिरफ्तार गरेको हो । शाहजहाँपुरस्थित एसएस ल कलेजमा पढ्ने एक छात्राले उनीमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । छात्राको परिवारले प्रहरीले आफूहरुलाई सहयोग नगरेको आरोप लगाउँदै आएको थियो ।  चिन्मयानन्द पूर्व गृहराज्यमन्त्री हुन् । बुधबार उनले कुनै युवतीलाई मसाज गर्न लगाइरहेको र उनी मोबाइलमा केही टाइप गर्दै गरेको भिडियो सार्वजनिक भएपछि अप्ठेरोमा परेका थिए ।  उनका प्रवक्ता ओम सिंहले पनि यो मामिलामा एफआइआर दर्ता गरेका थिए । प्रहरीले उनीमाथि अपहरण र धम्कीको मामिला पनि दर्ता गरेको थियो । 

Agni Group

भारतको सत्तारुढ पार्टी भाजपाका  पूर्व सांसद स्वामी चिन्मयानन्द अटल बिहारी बाजपेयी नेतृत्वको सरकारमा गृहराज्यमन्त्री थिए । ८ वर्ष अघिपनि शाहजहापुरकी एक महिलाले स्वामीका विरुद्ध यौन शोषणको मुद्धा दर्ता गरेकी थिइन् । महिला स्वामीकै आश्रममा रहने गरेकी थिइन् ।

बीबीसी
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC