खेल
एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत बिहिबार राति भएको खेलमा रोमाले सहज जित निकालेको छ । रोमाले आफ्नै घरेलु मैदानमा इस्तान्बुल बसाक्सेहिरलाई ४–० को अन्तरले हराएको हो ।
रोमालाई जित दिलान इडिन जेको, निकोलो जानिओलो र जस्टिन क्लुभर्टले एक–एक गोल गरे । खेलको ४२ औँ मिनेटमा जुनियर काइकाराको आत्मघाती गोलबाट रोमाले सुरुआती अग्रता बनाएको थियो । इडिन जेकोले खेलको ५८ औँ मिनेटमा गोल गर्दै रोमाको अग्रता दोब्बर पारे ।
निकोलो जानिओलोले खेलको ७१ औँ मिनेटमा गोल गर्दै रोमालाई ३–० गोलको अग्रता दिलाए । खेलको इन्जुरी समयमा रोमाका लागि जस्टिन क्लुभर्टले गोल गर्दै रोमालाई ४–० गोलको सहज जित दिलाएका थिए । जितसँगै समूह जेको रोमाले ३ अंक जोडेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६ १२:५४
प्रतिक्रिया दिनुहोस्