site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
के धोनी क्रिकेट मैदानमा फर्केलान् ?
Sarbottam CementSarbottam Cement

बीबीसी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी विश्वकपको सेमिफाइनलमा पराजित भएपछि क्रिकेट मैदानमा भएका भारतका खेलहरुमा देखिएका छैनन् । सेमिफाइनलमा धोनीले नराम्रो खेलेको, जानीजानी भारतलाई हराएको भन्दै भारतीय क्रिकेट समर्थकहरुले आलोचना गरेका थिए ।

धोनीले अब क्रिकेटबाट संन्यास लिनेछन् भनेर धेरैले अनुमान गरिसकेका छन् । तर संन्यासबारेमा धोनी स्वयम् अनि बीसीसीआई दुवै केही बोलेका छैनन् । विश्वकपको सेमिफाइनलमा भारत र न्यूजिल्यान्ड प्रतिस्पर्धा गरेका थिए । जुन खेलमा भारत न्यूजिल्यान्डसँग पराजित भएको थियो । अब यो कुरा पुरानो पनि भइसक्यो । पुरानो खेललाई कोट्याइरहनु राम्रो पनि होइन । पछिल्लो समयमा के अब अन्तर्राष्ट्रिय क्रिकेटबाट धोनीले संन्यास लिएका हुन् भनेर चर्चा हुन थालेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर भर्खरैमात्र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ट्विटरमा फोटो हाल्दै भनेका छन्, “यो खेल मैले कहिल्यै भुल्ने छैन । त्यो रात विशेष थियो । यो मानिसले मलाई धेरै दौडाएको थियो ।” फोटो २०१६ को अस्ट्रेलियाविरुद्धको खेलको थियो । जुन खेलमा भारतले अस्ट्रेलियालाई पराजित गरेको थियो । फोटोमा धोनी मैदानमा उभिएका थिए भने विराट मैदानमा घुँडा टेकेर बसेका थिए । विराटको ट्विटले धेरैको मनमा शंका पस्यो कि अब धोनी संन्यास लिँदैछन् । तर धोनीकी पत्नी साक्षी सिंहले भने यो हल्ला मात्र हो भन्दै विराटको ट्विटमा मेन्सन गरेकी थिइन् ।

धोनीको ठाउँमा को आउला त ?

Global Ime bank

धोनीको ठाउँमा को आउला भन्ने प्रश्न त्यति जटिल प्रश्न भने होइन । धोनीको ठाउँमा ऋषभ पन्त तयार हँुदैछन् । धोनीले टेस्ट क्रिकेट त छोडिसकेका छन् । अब धोनीको तुलना पन्तसँग एकदिवसीय अनि टी–ट्वान्टीमा मात्र हुनसक्छ । विश्वकपमा पनि धोनी र पन्त सँगै खेलेका थिए । तर, यति चाँडै धोनी र ऋषभ पन्तको तुलना हुन सक्दैन ।

धोनीको टिम इन्डियामा किन यति धेरै प्रभाव भन्नेबारेमा कप्तान विराट कोहलीले धेरै पटक जवाफ दिइसकेका छन् । विराटले धोनी आफ्नो टिमको सबैभन्दा बढी अनुभवी खेलाडी भएको र उनी अमूल्य रहेको बताएका थिए । अब आउने विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लागि चुनावबाट टिम गठन गरिनेछ । टिममा जुन खेलाडी जिम्मेवारीका साथ खेल्छ, उही चुुनिने कुरामा दुईमत छैन । अब धोनी भारतीय क्रिकेट टिमबाट खेल्छन् कि खेल्दैनन् ? उनले संन्यास लिन्छन् कि लिँदैनन् ? यी सबै प्रश्नहरुको जवाफ समय आएपछि आफै मिल्नेछ ।

https://www.bbc.com/hindi/sport-49709327

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC