site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नारीप्रधान चलचित्रमा खेल्न स्टार अभिनेता तयार हुँदैनन्
Sarbottam CementSarbottam Cement

अभिनेत्री सोनम कपूर लामो समयदेखि बलिउड क्षेत्रमा नयाँ–नयाँ प्रयोग गर्दै आइरहेकी छन् । बलिउडकी स्टाइलिस अभिनेत्रीको लिस्टमा सोनम पहिलो स्थानमा पर्छिन् । उनले डेढ वर्षअघि मात्रै व्यवसायी आनन्द आहुजासँग विवाह गरेकी थिइन् । सोनमले सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्बिरहरुबाट अनुमान लगाउन सकिन्छ, उनी आहुजासँगको वैवाहिक सम्बन्धमा निकै खुशी छिन् भनेर ।

उनी आफ्नो विवाह, करिअर, चलचित्र र अभिनेत्रीहरुलाई हुने भेदभावका विषयमा सधैं कुरा उठाउँछिन् । केही दिनअघिमात्रै उनले नारीका पक्षमा आफ्नो विचार व्यतm गरेकी थिइन् । यससँगै उनले आफनो वैवाहिक सम्बन्धको विषयलाई पनि सार्वजनिक गर्ने गरेकी छन् । यसै सन्दर्भमा भारतीय सञ्चारमानध्यम ‘नवभारत टाइम्स’ले सोनम कपूरसँग गरेको कुराकानीको अनूदित अंशः

विवाहपछि आफू परिवर्तन भएको कत्तिको महसुस गर्नुहुन्छ ?
विवाह भएको डेढ वर्षपछि म यति भन्न सक्छु कि तपाईंले आफनो बेस्ट फ्रेन्डसँगै विवाह गर्नुपर्छ, जसरी मैले गरेको छु । हेर्नुहोस् माया त हुन्छ, तर यदि मित्रता भएन भने तपाईंहरु एकअर्कालाई इज्जत र सम्मान गर्न सक्नुहुन्न । म निकै खुशी महसुस गरिरहेकी छु ।

Prabhu Bank
Agni Group
NIC Asia

सफल वैवाहिक सम्बन्धको कुनै ‘रकेट साइन्स’ त हुन्न, तर पनि सुखी वैवाहिक सम्बन्धको लागि तपाईं के टिप्स दिन चाहानुहुन्छ ?
मेरो श्रीमान् आनन्द शान्त स्वभावको हुनुहुन्छ । उहाँ मेरो समयलाई लिएर खासै ‘पोसेसिभ’ हुनुहुन्न र मलाई ‘स्पेस’ पनि दिनुहुन्छ । उहाँ मेरो कामलाई पनि आफ्नो काम जत्तिकै महत्व दिनुहुन्छ । मैले धेरै विवाहित पुरुषहरु देखेको छु की उनीहरु आफ्नो श्रीमतीलाई माया त गर्छन्, तर उनीहरुको कामलाई महत्व दिँदैनन् र सम्मान गर्न जान्दैनन् वा सक्दैनन् ।

तर मेरो हकमा यस्तो भएको छैन । मलाई र मेरो कामलाई मेरो श्रीमान्ले धेरै सम्मान गर्नुभएको छ । तर जसरी आनन्दको प्राथमिकताहरु परिवर्तन हुन्छ, ठिक उसैगरी मेरो पनि परिवर्तन हुन्छ । अहिले मेरो प्राथमिकता आनन्द र मेरो परिवार हो । यसैगरी आनन्दको प्राथमिकता पनि म हुँ । 

Global Ime bank

हाम्रो सम्बन्धमा धेरै समानता छ, तर तपाईंको जिन्दगी विवाहपश्चात् परिवर्तन हुन्छ नै । तपाईंले नयाँ परिवार पाउनु हुन्छ । नयाँ व्यतिmहरुसँग भेट्नु हुन्छ । तपाईं नयाँ खुशी र जिम्मेवारीसँगै परिवर्तन हुनुहुनेछ । त्यो परिवर्तनलाई सहजरुपमा लिएर सही निर्णय गर्नसक्नुपर्छ ।

तपाईं र आनन्दबीच कुन कुरालाई लिएर असहमति हुन्छ ?
वास्तवमा मेरो श्रीमान बिहान ४ बजे र कहिले त साढे ३ बजे नैै उठ्नुहुन्छ । उहाँको काम एकाबिहानैदेखि नै सुरु भइसक्छ । यद्यपि म पनि ढिला उठ्नेमा पर्दिन, तर साढे ३ अथवा ४ बजेदेखि भने उठ्न सक्दिन् । 
म जब बिहान उठ्छु मेरो श्रीमान् मसँगै हुँदैनन् । यहि एउटा कुरा छ जुनमा हाम्रो सहमति हुनसकेको छैन । 

उहाँ राति बाहिर जान मन पराउनु हुन्न । मलाई पनि मन पर्दैन, तर उहाँ त पटक्कै जानुहुन्न, किनभने उहाँलाई बिहानै उठ्नुपर्ने हुन्छ । १० बजेसम्म त उहाँ निन्द्राको संसारमा हराइसक्नु हुन्छ । त्यसैले हामी राति पार्टीहरुमा जाँदैनौँ ।

तपाईं नीरजा, वीरे दी वैडिङजस्ता चलचित्रमा काम गरिसक्नु भयो । अब ‘जोया फ्याक्टर’ जस्तो नारी प्रधान चलचित्रमा देखिँदै हुनुहुन्छ । अभिनेत्रीको लागि चलचित्रको अहिलेको समयलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 
अभिनेत्रीहरुका लागि केही परिवर्तन त भएका छन्, तर जति मानिसहरु सोचिरहेका छन् त्यति भने हुन सकेको छैन । बलिउडमा अभिनेत्रीहरुको सघंर्ष अझै पनि जारी छ । आज पनि हामी अभिनेत्रीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकेका छैनौँ । जति सम्मान र जिम्मेवारी दिनुपर्ने हो, त्यति दिन सकिरहेका छैनौं । मलाई लाग्छ हामीले जति पाउनुपर्ने हो त्यति पाउन सकेका छैनौं ।

अभिनेत्रीहरुको लागि ‘क्वालिटि’वाला भूमिका कमै लेखिएको हुन्छ । बलिउड पुरुष प्रधान इन्डष्ट्रि हो, र यसैलाई ध्यानमा राखेर भूमिका लेखिएको हुन्छ । कथा पनि पुरुषद्वारा पुरुषकै लागि लेखिएको हुन्छ । 
महिला निर्देशकहरु पनि केवल महिलालाई प्राथमिकतामा राखेर चलचित्र बनाउँदैनन् । उहाँहरुको चलचित्र पनि त पुरुष प्रधान नै हुन्छन् नि । फराह खान होस् की जोया अख्तर होस् हिरोहरु प्राथमिकतामा राखेर बनाउनु हुन्छ । मलाई लाग्छ कि अभिनेत्रीहरु अझै अगाडि आउन जरुरी छ ।

सोनाक्षीले हालसालै अन्तवार्तामा भनेकी छिन् कि जब अभिनेत्रीहरु ‘लिड रोल’ गर्छन्, तब ठूला स्टार्स उनीहरुसँग काम गर्न चाहँदैनन् । यस विषयमा तपाई के भन्नु हुन्छ ?
उहाँले एकदम ठिक भन्नु भयो । उहाँले गलत बोलिराख्नु भएको छैन । म आफैंसँग पनि धेरै पटक यस्तै घटना भएका छन् । मेरो धेरैजसो अभिनेत्री प्रधान चलचित्रको लागि अभिनेता खोज्नै गाह्रो भएको छ । 

तपाईंलाई थाहा छ ? जोया फ्याक्टरमा दुई–तीन अभिनेतालाई अफर गरिएको थियो । तर यो अभिनेत्री प्रधान चलचित्रमा उहाँहरुले काम गर्न अस्वीकार गरिदिनु भयो । तब तपाई के गर्न सक्नु हुन्छ ?
मैले थुप्रै पुरुष प्रधान चलचित्रमा सानै भूमिका भए पनि गरेकी छु । तर मेरो महिला प्रधान चलचित्रमा कुनै पनि ‘ठूलो’ अभिनेता काम गर्न मान्नुहुन्न ।

तपाईंको ‘जोया फ्याक्टर’ रिलिज हुँदैछ । तपाईलाई आफनो ‘लक फ्याक्टर’ बलियो छ भनेर कहिले महसुस भयो ?
मलाई लाग्छ अनिल कपूरकी छोरी हुनु नै सबैभन्दा ठूलो ‘लक फ्याक्टर’ हो । हो, मैले चलचित्रमा आएपछि धेरै मेहनत गरेँ र धेरैपटक मेरो हातबाट राम्रोे मौका पनि गुम्यो, किनभने मेरो भाग्यले मलाई त्यो समयमा साथ दिएन । 
म त यो भन्छु कि, भाग्यले साथ दियो भने मेहनतको राम्रो फल मिल्छ, जब भाग्यले साथ दिँदैन सबै मेहनत बेकार जान्छ । तपाई आफनो भाग्यको भरोसामा हात बाँधेर यत्तिकै भने बस्न सक्नुहुन्न ।

बलिउड इन्डष्ट्रीमा हामीले देखेका छौं, भाग्यले साथ नदिँदा मानिसहरु संख्या विज्ञान वा ज्योतिष शास्त्रको सहारा लिन्छन् । तपाईं यी कुराहरुमा विश्वास गर्नुहुन्छ ?
म भारतीय हुँ र ज्योतिषीमा विश्वास गर्नु हाम्रो स्वभाव हो । म ज्योतिषमा गहिरो विश्वास राख्छु । म संख्या विज्ञानमा पनि विश्वास राख्छु । यो एक किसिमको विद्या हो र यदि तपाईं कुनै कुशल हस्त विशेषज्ञ या ज्योतिषशास्त्रीसँग सल्लाह लिनुभयो भने तपाइँलाई धेरै सहयोग मिल्छ । 
यो पनि एक प्रकारको विज्ञान हो । मेरो नाम सोनम पनि ‘न्यूमरोलोजी’को हिसाबबाटै राखिएको हो । मेरी आमा पनि यस्ता विषयमा निकै विश्वास गर्नुहुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC