काठमाडाैं । गुगलले आगामी दुई वर्षभित्र युरोपियन डाटा सेन्टरका लागि थप ३ बिलियन युरो लगानी गर्ने भएको छ । गुगलका कार्यकारी प्रमुख सुन्दर पिचाइले फिनल्यान्डमा भने ईयूको डाटा सेन्टर वृद्धि गर्न उक्त रकम खर्च गरिने बताएका हुन् ।
जसअर्न्तगत हमानीया डाटा सेन्टर फिनल्यान्डका लागि ६०० मिलियन युरो खर्च गरिनेसमेत बताए । फिनल्यान्डका प्रधानमन्त्री एन्टी रिन्नेले पत्रकार सम्मेलनका क्रममा हमानीया डाटा सेन्टरमा कुल लगानी दुई बिलियन युरो पुर्याउने बताए । रिन्नेले भने, "यो फिनल्यान्डका लागि गजबको समाचार हो ।"
फिनल्यान्डको हमानियामा पहिले नै डाटा सेन्टर स्थापना गरिएको छ । उक्त साइटमै थप ६०० मिलियन युरो लगानी गरिने बताइएको हो । गुगलले सन् २००९ मा गुगलले स्टोरा इन्सो पेपरमा परिणत गरेको थियो । गुगलका अन्या युरोपियन डाटा सेन्टरहरु नेदरल्यान्ड, आयरल्यान्ड र बेल्जियममा छन् ।