site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
घामको वीर्य
Sarbottam CementSarbottam Cement

लक्ष्मण वियोगी


घामको वीर्य

बैशाखको तातो पिएर
मातेको घाम
मदहोसमै बतासमा गुलेली हान्छ
र, झार्छ
कावा खाइरहेका जोडी ढुकुर

Prabhu Bank
Agni Group
NIC Asia

आगोको डल्लो झैं
बलेको छ, ह्वारह्वार्ती
लप्काहरू गगनतिर तानिँदा छन्
धरातिर मच्चिँदा छन्
एक भारी आगो खन्याएर
बालिरहेछ, संवेदनशील भूमिको योनिद्वार

उम्लेको भुइँ
सडकको अलकत्रा
तातोसँग घोलेर पिउँछ
अनि,अट्टहास गर्छ
किसान
भरिया
मजदुर
र, ज्यामीहरूको
मुर्झाउँदो दैनन्दिन हेरेर

Global Ime bank

उता सैलुङमा जस्तो
सुन्दर
शीतल
मुलायम
हरित
मनोरम
र, स्फटिक छैन

वसन्तको उल्लास
कोइलीको कुहुकुहु
झरनाको छङ्छङ्
हिमालको बलेँसीबाट
पिङ खेल्दै उड्ने हावा
चराहरूको चिर्बिर्
र, फ¥याकफुरुक
कहाँ भेट्टाउनु ?

यतातिर
वन छ
अँगालाभरिका रुख छन्
तिनका टुप्पामा पलाएका
कलिला मुजुरा
रन्थनिएका छन्
सिठ्ठी फुकिरहने
‘लू’को कर्णभेदी सङ्गीतमा

‘लू’ को भुमरीले
सुक्दैन पसिना
अझ गालामा
तातो पनियो डामिदिन्छ
भक्भकी पाकेको तेलमा
फुरौला झैं पाकिरहन्छ देह
लुछ्न खोज्छ
अनगिन्ती जीजीविषाको काया !

भरदिन–
न्याउली रोइरहन्छ
रुवाइमा मिसिएर
चेलीलाई माइती देश बिर्साउने
अनि,
किशोर वयमै
गाँसेको प्रेम–पिरती
किन चुडाउँ–चुडाउँ हुन्छ ?

सृष्टि गर्नुछ
हुर्काउनु छ
पाल्नु छ
प्रेम सिकाउनु छ
प्राणी जगत्को
विनिर्माण गर्नु छ भने

ए घाम !
स्खलित हुँदै
हरक्षण छद्म रङ्गमा
डबकाका डबका
किन खन्याइरहन्छस्
ती विषाक्त्त
‘लू’रूपी वीर्यहरू

० ० ०

आमा मलाई ऐँठन भयो !

ओछ्यानको पल्लो किनारमा
म डल्लो परेको थिएँ
काला गोमन सर्पहरू
डस्न आतुर थिए
म चिच्याउन खोजेँ, छट्पटिएँ
तर बोली फुटेन
आमा मलाई ऐँठन भयो !

गोमन सर्पहरू 
तरबार र खुकुरीमा फेरिए
असिना झैं मैमाथि बज्रिन थाले
मेरो टाउको फुट्यो
ह्वालह्वाल्ती रगत बग्यो 
अहँ बक फुटेन 
आमा मलाई ऐँठन भयो

कस्तो अदभूत दृश्य
तरवार र खुकुरी
फेरि मानव आकृति भए
ती हिंस्रक जीव भैmं अघि बढे

म रगतको हिलोमै थिएँ
एक हाते जिब्रो निकाल्दै
ल्याप्पल्याप्प रगत चाट्न थाले
एउटाले तिघ्रामा दाँत गाड्यो
अर्कोले घाँटीमा
गुहार मागेँ
मुख प्याक–प्याकी भयो
आमा मलाई ऐँठन भयो

घुँडामुनिका दुई खुट्टा
ठनक्कै भाँचे
उसै गरी हाँत भाँचे
म मर्नु र बाँच्नुको
दोसाँधमा लडिबुडी खेलिरहेँ
विलाप गरेँ
रगत सराबरी आँसु बगाएँ

कहाँ रोकिन्थे उनीहरू
यो त जुनी फेर्ने क्रान्ति हो रे !
म जस्ताको युग सकेर
नयाँ जिनिसका मान्छे जन्माउने
त्यसैले रक्ताग्निमा होमिएका रैछन्

क्रान्तिको चेम्बरभित्र
प्रजनन् क्रिया हुँदै थियो
ती निरन्तर नयाँ युगका
चल्ला कोरल्दै थिएँ
मेरो सट्टामा अर्को जन्माउन
मलाई मारेर अर्को उमार्न
बाघे दाह्राले घाँटी अठ्यायो
किक्लिककिक्लिक भयो
आमा मलाई साह्रै ऐँठन भयो 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC