site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
धेरै अझै इच्छाहरू 
Sarbottam CementSarbottam Cement

ईश्वर वल्लभ 


जसको अनिच्छा पूरा भइसकेको छ, उसलाई सिद्धार्थ भन्ने गरेका छन् । 
सबै आकाङ्क्षाहरू पूरा भएपछि, ऊ सिद्ध अर्थ, सिद्ध काम अब बाँकी केही छैन । त्यसै प्रकार जसको केही नाम छ, सम्पादक तथा विभिन्न लेखन विधा लिएर, घर छ, कार छ, संस्थाहरूसित प्रभाव तथा सम्पर्क छ, ऊ अरूको निम्ति तुलनात्मक रुपमा सिद्धार्थ ।

त्यसमा पनि सबै स्तर तथा मातहतका व्यक्ति तथा व्यक्तिहरूसित समान रुपले स्वाभाविक समन्वय हुनु त्यस अनुसार भौतिक आध्यात्मिक जेसुकै स्थिति प्राप्त गर्नु पनि सिद्र्धार्थताको समीप पु¥याउँछ, विशेषगरी तिनको सोचाइमा जो समानधर्मी तथा समजीवी भएर पनि उनीहरू हुन सकेका छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तो सिद्धार्थ उत्तम कुँवर अरूको लागि सिद्धार्थ, आज उनी ती सततबीचका समक्ष तथा उनको साथीहरूको समक्ष सारै आफन्तहरूको समक्ष पार्थिव छैनन् । दिवङ्गत भए । दिवङ्गतता नियति हो अथवा सिद्धार्थता सायद यो भिन्न विवेच्य वस्तु हो ।

जन्मनुको समान्तर मृत्यु जीवनको पूर्वाभास हो । जीवनको समान्तर बाँचिरहनु पनि जन्मनुको व्यवधान हो त्यसपछि हरमन हेसका पात्र छन् सिद्धार्थ, अर्का व्यक्ति आफूलाई तथा प्रत्येक व्यक्तिलाई आफंैमा एउटा समान विच्छिन्न भएको चाहन्छ गौतम भएर ।
उत्तमले आफ्नो मृत्युको केही दिनपहिले भनेका थिए– ‘मेरो यो रोग नभइदिएको भए म अझै धेरै के के गर्थें ।’ व्यवधान त्यतिमात्र हो उनका ती इच्छाहरूका बिम्बका स्वरुप के थिए, मैले सोच्न सकिनँ तर इच्छा सबैको जस्तो उनको थियो व्याधिले, रोगले, असन्तोषले सबैलाई व्याप्त गर्छ । त्यसैबेला एउटा सिद्धार्थ गौतम भएर सबै व्यक्ति टापू बनेर विच्छिन्न बनेको रुचाउँछ र त्यसैको हाराहारी उत्तमले झैं भन्न रुचाउँछ । ‘म अझै धेरै के के गर्थें ।’ 
अरूका दृष्टिमा एउटा घर जोगाड गरेर पनि पुगेन ।
कुनै पत्रिकाको सफल सम्पादक भएर पनि पुगेन ।
कार चढेर पनि पुगेन ।

Global Ime bank

जुनै सम्पर्क क्षेत्रसित सम्पर्क भएर पनि पुगेन । कसैलाई कसैले सिद्धार्थ हुन सिकाउन सक्दैन, आफंैलाई मात्र सक्छ, यदि सक्छ भने । हरमन हेस्को सिद्धार्थको विचार ।

त्रिचालीस–चौवालीस वर्षको उमेर सक्दानसक्दै उत्तम यस जगत्मा रहेनन् । अन्यका आयुहरूको तुलनामा उनको यो प्राप्त आयु उनलाई थोरै नै लागेर सायद अब नसक्ने स्थितिको पूर्वानुभव उत्तमलाई भएको होला । मृत्युको आसन्नताको अनुभव भने पनि हुन्छ । ‘प्रिमोनिसन ।’ तर उत्तम अन्तिम क्षणसम्म पनि बहिर्बासी बनेनन्, निवेशी नै थिए । निवेशी व्यक्तिको पीडा त्यही हो ‘सकेको हुँदो हूँ, के के गर्थें भन्ने रहन्छ । तिनीहरूजस्ता व्यक्तिहरूको उत्कट अभिलाषा ।
त्यहाँ त्यो व्यर्थको कुरा हुनेछ, अमुक कारणले उत्तमको मृत्यु भयो भनेर भन्नु । आफ्नो मृत्यु जसले मारे तापनि आफैं मात्र मर्न सकिन्छ । अरूले मारिदिन सक्दैन, मृत्यु जहिलेसुकै नितान्त आफ्नो हुन्छ र आफैं मर्नुपर्छ । जोन किट्स धेरै थोरै उमेरमा नै मरेका थिए– कतिले लेखेका छन्, किट्सको मृत्यु उनका समालोचकहरूले गराएका हुन् ।

‘सक किलिङ’ नामक एउटा प्रविधि पनि छ आफ्नो ‘आखेटलाई शारीरिक, मानसिक तथा आत्मिक आघात पु¥याएर मार्ने गरिन्छ । यदि यस्तै प्रविधिको प्रभावहरूमा उत्तम परेका हुन् भने– उनी निर्वल व्यक्ति नै थिए । आततायी तथा आखेटकका अनेकौ रुप हुन्छन् । त्यसबाट सम्मोहित हुन आवश्यक छैन । आवश्यक हुनु पर्दैन ।
उत्तमले लेखेका ‘स्रष्टा र साहित्य’ र हालै प्रकाशित ‘अनुभव र अुनभूति’ आदि ग्रन्थहरू र तिनमाथि आरोपित–सान्दर्भिक, असान्दर्भिक ‘सक किलिङ’का माध्यम जोन किट्स र यस्तै प्रकारले त्यस्तै घातीहरूको माध्यम ‘उत्तम कुँवर ।’ म भन्छु असम्भव । कसैले सम्भव पनि भन्छन्– यो प्रसङ्ग होइन । 
प्रसङ्ग त्यही सिद्धार्थता हो । प्रसङ्ग के हुन सक्छ भने, उत्तमको बाँच्ने अभिलाषा अझै उत्कट थियो । उनी बाँच्थे नै– मरे, दिवङ्गत भए, यो एउटा दुर्दान्त संयोग नै हो । जसले एउटा मार्मिक वियोगको जन्म दियो । संयोग हो, उत्तम ‘टापू’चाहिँ थिएनन् सबैसित सम्बन्धित, सम्पर्कित अस्तित्व थिए । अनियोजित अपूर्वानुभूति दुर्घटना । त्रासदी । यसको अभिकर्ता कोही अर्को हुन सक्दैन परिस्थिति अर्थात् स्थितिबाहेक जुन स्थितिको कुनै पूर्वसङ्केत देखिएन । मृत्यु सायद सबैको यस्तै हुँदैन । धेरैको यस्तो हुँदैन । उत्तमको मात्र यस्तो प्रकारको भयो ।

‘सक किलिङ’को प्रविधि कुनै समालोचकले अनुशरण गर्छ भने पनि त्यो दस्तोएब्स्कीको रास्कोल्निकोभ जस्तो पात्र बन्छ । आघात गरेपछि हत्या नै गरेपछि पनि उसको हातमा केही हुँदैन, न उसको भौतिक दरिद्रता नै जान्छ, न कुनै महत्वपूर्ण काम गरेको जस्तो नै अनुभव हुन्छ । मध्य पर्छ आफैंलाई सोध्ने ठाउँमा ‘के उसले प्राप्त ग¥यो ?’ धन, त्यो पनि होइन, आध्यात्मिक सन्तुष्टि, त्यो पनि होइन, नितान्त दयनीय स्थितिमा पर्छ रास्कोल्निकोभ । आफैं क्रमशः दण्डित हुन थाल्छ, क्रमशः विचलित तथा क्षरित भई जान थाल्छ, प्राप्ति केही हुँदैन, अर्को त्रास, अर्को दयनीयताबाहेक ।
मान्दा हुन्छ, यो पनि एउटा जिन्दगी हो । एउटा अवस्थिति नमान्दा पनि हुन्छ केही पनि होइन भनेर । 
यस प्रकार न उत्तम सिद्धार्थ भए, न रास्कोल्निकोभ साँच्चै नै अपराधी भयो । कस्तो विडम्बना ! केन तथा एवेलको कथा यस विपरीत अन्यार्थक भए तापनि केनले एवेललाई मारेपछि, केन पछुताउन बाध्य बन्छ तर रास्कोल्निकोभ पछुताउन पनि पाउँदैन । पछुताउनु पनि एक प्रकारको विरेचित तथा प्रक्षालित हुनु हो, त्यस नियतिबाट पनि वञ्चित हुनुपर्ने स्थिति अर्को भयप्रद हुन्छ । ठीकै गरे भन्न पनि नपाउनु, ठीन गरिनँ भन्न पनि नसक्नुको व्यथा निश्चय नै भयावह बन्छ ।
उत्तम दिवङ्गत गए ।
रास्कोल्निकोभको पीडा अझै बाँकी छ ।

एवेल मारियो,
केनका अपराधका कष्टहरूले धेरै समयलाई कष्ट दियो ।
नुआले डुङ्गा त्यसै बनाएको होइन । आज कसले कसको कुन ऐनामा के हेर्दै छ, त्यो त थाहा भएन । तर आफै आफ्नो अनुहार हेरेर सम्मोहित हुने नार्सिससको अन्त पनि राम्रो भएन ।
केनले आफ्नै भाइ एवेललाई मार्ने जगत्मा कुनै साथीले साथीलाई मा¥यो भन्ने विषय पनि आश्चर्यजनक विषय होइन ।
यो त निश्चय नै एउटा आश्चर्यजनक कुरा नै थियो । उत्तम परदेशबाट साथीहरू आउने सुन्दा भावविह्वल हुन्थे । रास्कोल्निकोभ नै किन नआओस् ।
प्रच्छन्न भय प्रत्यारोपणको मनोवैज्ञानिकताको इतिहास आजको इतिहास होइन, त्यसको प्रभावशीलता अझै पनि सम्भव छ । त्यसले वैज्ञानिक तथा भौतिक मानससित सम्पर्क गर्दैन त्यसको सम्पर्क अवचेतनको कुनै धरातलसित हुन्छ, जहाँ जुनसुकै त्रासको संचरण सक्दा, त्यो प्रविधि सफल पनि हुन्छ ।

मानसिक आघात संचरण गरी दैहिक क्षतिसम्म गराउन सकिन्छ, यही ‘सक किलिङ’ हो आयोजित नियोजित रुपले सिद्धान्तअनुरुप त्यो प्रयुक्त गरिने शैली आज नेपालमा गौण नै भए तापनि त्यसको आचरणगत तथा स्वभावगत प्रत्यारोपणको प्रचलन छ । मानिस मार्न अनेकौं विधिहरूमध्ये एउटा विधि यो पनि हो जुन वैज्ञानिक रुपले मान्य छ ।

आफ्नो प्रिय वस्तुको समाप्तिको सूचना प्रसारणको प्रभाव आएपछि व्यक्ति मानसिक रुपले उदात्त हुन खोज्छ । उसका चिन्तन प्रविधि तथा शारीरिक रक्त प्रवाहमा प्रभाव पर्छ । उसको सन्तुलन नष्ट हुन्छ ।
उत्तमले भनेका थिए– ‘रुप–रेखा’ पनि दुई महिनाभित्र बन्द गरिदिने अभियोजना गरेका छन् तिनीहरूले । जहाँसम्म उत्तमको प्रश्न छ, रुप– रेखा पत्रिका उनको अन्तरङ्ग प्रिय वस्तु निश्चय नै थियो ।
यहाँ कुनै खास नियम छैन, त्यस आधारमा रुप–रेखा बन्द गरिदिने षड्यन्त्रका कुराहरू उत्तमले सुनेका थिए ।
‘सक किलिङ’को प्रणाली फेरि यहाँ यति प्रभावी भएको हुनुपर्छ । 

उत्तमलाई यस प्रकार मृत्यु पर्यन्त उदात्त बनाएर त उनी हामीबाट विच्छिन्न भएका होइनन् । रास्कोल्निकोभ तथा गौतम, सिद्धार्थ आदि अन्य विषय भए, उत्तम सायद यस्ता जङ्गली प्रविधिले पनि कतै प्रभावित त भएनन् !
हुन त उत्तमलाई मरणान्तक यस्ता घात नै पर्छ भन्ने थाहा भएको भए किन लेख्थेँ र किन भन्थेँ, कसैले भन्लान् । तैपनि निवृत्ति भएन । अब त एउटा घटना घटित भैसक्यो हाम्रो निकटबाट उत्तम गइसके ।
उनका कार्यका सम्झनाहरू भइनै रहनेछन् । यी पछिल्ला कुराहरू भए । 

उत्तमसित बाँचेको रुप–रेखा पत्रिका तथा उत्तम पछिको त्यही रुप–रेखा पत्रिका के कसरी बाँच्ला, त्यो अर्को प्रसङ्ग हो ।  
(२०५७ सालमा प्रकाशित वल्लभको निबन्धसङ्ग्रह ‘सोचको मायामठ’बाट ।) 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC