site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारले भदौमा क–कसलाई दियो करोडौं रकम ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले गएको भदौ महिनामा ठूलो परिमाणको रकम आर्थिक सहायतको नाममा बाँड्नुका साथै विभिन्न कार्यक्रमका लागिसमेत गरेर करोडौंको रकम निकासा गरेको छ ।  अर्थ मन्त्रालयबाट प्राप्त जानकारीअनुसार मन्त्रिपरिषद्को साउन १६ को निर्णयअनुसार संखुवासभा जिल्ला खाँदबारी निवासी हाल चन्द्र निगाहपुर स्रोत केन्द्रका मुकुन्द पुरीलाई ५ लाख रुपैयाँ गृह मन्त्रालयमार्फत आर्थिक सहायता उपलब्ध गराइएको छ । कारण भने खुलाइएको छैन ।

यसैगरी मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकको निर्णयअनुसार कन्चनपुर जिल्लामा निर्मला पन्त हत्याकाण्डको सन्दर्भमा आन्दोलनका घाइतेहरुलाई उपचारको लागि भन्दै २ लाख ५० हजार रुपैयाँ गृहलाई निकासा दिइएको छ ।

मन्त्रिपरिषद्को २०७५ माघ ३ को निर्णयअनुसार नुवाकोटको दुप्चेमा भएको दुर्घटनाका घाइतेहरुलाई दिने भनेर ५ लाख ५३ हजार ४०९ रुपैयाँ निकासा गरिएको छ । यसैगरी यही वर्षको असार १२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार झापा जिल्ला निवासी मनमोहन मिश्रलाई २ लाख रुपैयाँ उपलब्ध गराएको पाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै २०७५ चैत २४ को मन्त्रिपरिषद् निर्णयअनुसार गुरुमा धम्मावतीको उपचारको लागि बिल भौचर सम्बद्ध निकायले हेर्नेगरी ३ लाख ३५ हजार ६ सय ३९ रुपैयाँ निकासा दिएको छ ।

यसैगरी गएको भदौ २ र भदौ ५ को मन्त्रिपरिषद्को निर्णयअनुसार हरिपुर ७ सर्लाहीका महेश थापालाई ७ लाखसमेत सूचीमा रहेका सबै १८ जनालाई गरेर कूल ९१ लाख निकासा गरिएको जनाएको छ । यसैगरी मन्त्रिपरिषद्को गत बैशाख २० गतेको बैठकको निर्णयअनुसार नेपालगन्जका कमलसिंह खत्रीलाई १ लाख रुपिया निकासा गरिएको जनाइएको छ ।

Global Ime bank

राष्ट्र संघ जाने टोलीलाई २ करोड २९ लाख

सरकारको गएको भदौ ५ को निर्णयअनुसार संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा नेपाली प्रतिनिधिमण्डलको भ्रमणको लागि २ करोड २९ लाख २२ हजार रुपैयाँ परराष्ट्र मन्त्रालयका नाममा निकासा दिइएको छ ।  यसैगरी सिन्धुलीमा पहिरोमा परेर घाइते भएका इन्दल शाहको उपचारका लागि ८ लाख ६२ हजार १३० रुपैयाँ गृह मन्त्रालयलाई निकासा दिइएको छ ।

भैपरी शीर्षकमा  करोडौं रकमान्तर 

सरकारले भैपरी आउने शीर्षकमा रकमान्तर गरेर साल्ट ट्रेडिङ लिमिटेडलाई नुन ढुवानीमा लाग्ने मूल्य अभिबृद्धि करका लागि १ करोड ६५ लाख ५० हजार निकासा दिएको छ ।  नेपाल नोटरी पब्लिक परिषद्लाई अनुदान दिने नाममा कानुन मन्त्रालयलाई १० लाख तथा  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत् प्रधानमन्त्रीको गृह जिल्ला झापाको महारानी झोडा, लखनपुर, सतासीधाम, धरमपुर, तोपगाछी क्षेत्रको जग्गा दर्ता समिति २०७५ लाई दिने गरी १२ लाख रुपैयाँ निकासा गरिएको छ ।

सर्वोच्च अदालतमा मेसिन ल्याउन सात करोड

त्यसैगरी सर्वोच्च अदालतमा डिजास्टर रिकभरी सेन्टर सम्बन्धी मेसिनरी उपकरण खरिद र स्थापनाका लागि ७ करोड ९ लाख सर्वोच्च अदालतलाई निकासा दिइएको छ ।

रुसी प्रधान न्यायाधीश आउँदा साढे १३ लाख

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निम्तोमा रुसी प्रधान न्यायाधीश म्याचेस्लाब एम लेवेदेव नेपाल आउँदा अतिथी सत्कारको लागि १३ लाख ४० हजार रकम सर्वोच्चको नाममा  निकासा गरिएको छ ।

उपनिर्वाचनलाई २५ करोड

यसैगरी उपनिर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्नका लागि निर्वाचन आयोगलाई दिने गरी २५ करोड रुपैयाँ निकासा गरिएको छ । 

बाटो विस्तार पीडितलाई साढे ८२ लाख

काठमाडौं उपत्यका विकास प्राधिकरणलाई कालिमाटी–कुलेश्वर–बल्खु सडक विस्तारका क्रममा पूर्ण रुपमा विस्थापित भएकालाई दिने गरी ८२ लाख ५० हजार रुपैयाँ निकासा गरिएको छ । 

दक्षिण एशियाली खेलकुदका लागि ९५ करोड

त्यस्तै, २०७६ साल मसिंर १५ देखि २४ गते सम्म काठमाडौंमा हुने दक्षिण एशियाली खेलकुदको राष्ट्रिय टिम तयारीका लागि १५ करोड, खेल सामग्री खरिदमा ३८ करोड, समारोह व्यवस्थापनमा १ करोड र आवास व्यवस्थापनमा १ करोडसमेत जम्मा ५५ करोड राष्ट्रिय खेलकूद परिषद्का नाममा अर्थ मन्त्रालयले निकासा गरेको छ ।
यसैगरी सोही खेलकुदका लागि पूर्वाधार निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद्का नाममै थप ४० करोडसमेत निकासा गरिएको छ । दुवै शीर्षक अन्तर्गत सो खेलका लागि ९५ करोड रुपैयाँ निकासा गरेको पाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC