खेल
एजेन्सी । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले सेल्टा भिगोसँग गोलरहित बराबरी खेलेको हो । एट्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न भने सकेन । दोस्रो हाफमा भने सेल्टा भिगोले घरेलु टोलीलाई धेरै दबावमा राखेको थियो ।
सुरुआती चरणमा बलियो बनेको एट्लेटिकोले लिगका पछिल्ला दुई खेलमा हार र एक खेलमा बराबरी व्यहोर्नु परेको छ । बराबरीसँगै एट्लेटिकोले पाँच खेलबाट १० अंक जोडेको छ र एट्लेटिको तालिकाको तेस्रो स्थानमा छ । पराजित सेल्टा भिगो पाँच खेलबाट पाँच अंक जोडेर तालिकाको १४ औँ स्थानमा छ ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६ ०७:१४
प्रतिक्रिया दिनुहोस्