site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाललाई सेमिफाइनलमा स्थान बनाउने मौका  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज (आइतबार) नेपालले दोस्रो खेल खेल्दैछ । आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । हलचोकस्थित एपीएफको मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार ३ बजे सुरु हुनेछ । यो खेलमा जित निकाल्दै नेपाल सेमिफाइनलमा स्थान सुरक्षित बनाउने योजनामा छ । पहिलो खेलमा नेपाल माल्दिभ्ससँग बराबरीमा रोकिएको थियो । आजको खेलमा भने नेपाल पहिलेको गल्ती दोहोर्याउने पक्षमा छैन ।

भुटानसँग नेपाल पराजित भए सेमिफाइनलको यात्रामा धक्का पुग्नेछ । त्यसैले आजको खेलमा नेपाल स्पष्ट जितको खोजिमा हुनेछ । नेपालका लागि मनिस डाँगी र ब्रिजेस चौधरी मुख्य केन्द्र बिन्दु बन्नेछन् । माल्दिभ्सविरुद्धको खेलमा मनिषले बराबरी गोल फर्काएका थिए । नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले भुटानविरुद्धको खेलमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्ने बताएका छन् । शुक्रबार भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै उनले माल्दिभ्ससँग खेल्दै मैदानको पनि केही समस्या भएको भए पनि त्यो गल्ती नदोहोरिने बताएका थिए ।

यसअघिका दुई संस्करणमा उपाधि रक्षा गरेको नेपाललाई घरेलु मैदानमा उपाधिमा ह्याट्रिक गर्ने अवसर पनि छ । प्रतियोगितामा आयोजक नेपालसहित ६ राष्ट्र सहभागि छन् ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC