site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मनसुन अझै एकसाता लम्बिने, चट्याङको पनि खतरा
Sarbottam CementSarbottam Cement

काठमाडौं । जलवायु तथा मौसम विज्ञान महाशाखाले अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्का देखि मध्यम वर्षा भएको जनाएको छ ।  यसरी वर्षा भएका स्थानमा चितवन, धनगढी, डडेलधुरा, अछाम, जाजरकोट लगायतका स्थान भएको पूर्वानुमान महाशाखाले उल्ल्ोख गरेको छ ।
मनसुनको अवधी भोलि सेप्टेम्बर २३ सम्मको मात्रै भए पनि कम्तिमा एकसाता लम्बिने अवस्था देखिएको मौसमविद् शान्ति कँडेलले जनाएकी छन् । 

उनले अझै एकसाता घाम पानीको अवस्था रहने जनाएकी छन् । ‘‘एक हप्तासम्म केही वर्षा पनि हुने र घाम पनि लाग्ने खालको अवस्था देखिएको छ । मनसुनको अवधी अझै एक हप्ता पछि सर्ने संकेत पाइएको छ ’’ मौसमविद् कँडेलले भनिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वानुमान महाशाखाले जारी गरेको वक्तव्यमा आज आइतबार देशभरी सामान्यदेखि पूर्ण बदली रहने र देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने उल्लेख गरेको छ । भोलि सोमबार र पर्सि मंगलबार पनि देशभरी आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ ।

आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्  तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । पहाडी भूभागमा पहिरो जान सक्ने तथा नदीमा पानीको बहाव सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC