site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘मन्त्री हेरफेरको कुरा नसोध्‍नुस्, हैरान बनायो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको तजबिज भएको र प्रधानमन्त्रीले चाहेको बेलामा मात्रै मन्त्री फेरबदल हुने बताएका छन् ।

बारम्बार मन्त्रिपरिषद् हेरफेरको हल्ला चलेपछि सत्तारूढ दलका अध्यक्ष प्रचण्डले मन्त्री परिवर्तन प्रधानमन्त्रीको कार्यक्षेत्र भएकाले आफूलाई प्रश्न नसोध्न आग्रह गरेका हुन् । केही महिनाअघि अध्यक्ष प्रचण्डले नै विराटनगरमा पुगेर केही दिनभित्र मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । आइतबार पार्टीको कामको सिलसिलामा विराटनगर पुगेका अध्यक्ष प्रचण्डले भने, “मन्त्रिपरिषद् पुनर्गठनको कुरा मलाई नसोध्नूस् न, यसले हैरान बनायो ।”

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष प्रचण्डले मुलुकमा उच्छुङ्खलता र अराजकता बढेकाले सचेत रहन आग्रह गरे । “व्यवस्थाविरुद्ध नै खतरा आएको त होइन । तर मुलुकमा अराजकता र उच्छृङ्खलता बढेको देखियो । त्यसको प्रतिपादन राजनीतिक दलहरूले र सरकारले पनि गर्नुपर्छ । यसमा सदनमा भएका राजनीतिक दलहरू पनि सहमत छन्,” उनले भने ।

उनले आफूले भौतिक प्रतिवादमा उत्रन निर्देशन नदिएको पनि स्पष्ट पारे । “यसको राजनीतिक, वैचारिक, सांस्कृतिक ढङ्गले प्रतिवाद गर्नुपर्छ । यो प्रवृत्तिलाई परास्त गर्नुपर्छ, प्रतिवादको अर्थ प्रतिकार होइन,” उनको भनाइ थियो । 

Global Ime bank

अध्यक्ष प्रचण्डले सरकार र पार्टीको कामको समीक्षा गरिरहेकाले नयाँ शिरबाट गतिदिन प्रयास गरिराखेको बताए । “आउने समयमा परिणाम देखिन्छन्, उनले भने । उनले प्रधानमन्त्रीको स्वास्थ्यअवस्था सामान्य रहेको र काम गर्न शुरू गरिसकेको उनको भनाइ थियो ।

“अस्ति देखिहाल्नुभयो, संविधान दिवसको दिन साढे पाँच घण्टा खट्नुभयो,” उनले भने । आधाआधा कार्यकाल प्रधानमन्त्री चलाउने पार्टीको पूर्वसहमतिमा भने उनले पार्टीले निर्णय गरेबमोजिम हुने मध्यमार्गी जवाफ दिए । “अहिले हामी यो विषयमा प्रवेश गरेका छैनौँ । पार्टीलाई एकतावद्ध बनाउने, विकास निर्माणका काममा गति दिने कुरा भएको छ । हिजो संसदीय दलको बैठक बसेको थियो । त्यहाँ पनि उच्छृङ्खलता बढेको र  सुशासनमा भएका कमीकमजोरीबारे छलफल भयो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC