site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चिनियाँ कम्युनिस्ट पार्टीले नेकपालाई के पढाउँदैछ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणको पूर्वसन्ध्यामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारको आदान–प्रदान हुँदैछ ।

सोमबार (भोलि)देखि दुई दिन चल्ने अन्तरक्रियात्मक कार्यक्रममा दुवै देशका नेताले आ–आफ्ना विचार र पार्टीका दृष्टिकोण राख्ने कार्यक्रम तय भएको पार्टी स्कुल विभाग उपप्रमुख बेदुराम भुसालले जानकारी दिए ।

वैचारिक आदान–प्रदानका लागि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावको नेतृत्वमा १६ जनाको समूह नेपाल आउने पक्कापक्की भइसकेको नेकपा विदेश विभागकै उपप्रमुख देवेन्द्र पौडेलले जानकारी दिए । ५० जनाको समूह आउने चर्चा भए पनि बाँकी प्रतिनिधिको आइतबार बेलुकासम्म टुङ्गो लाग्ने पौडेलको भनाइ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्युनिस्ट घटकहरूले बेलाबखत चीनमा गएर प्रशिक्षण र कम्युनिस्ट नीति, सिद्धान्तबाट अनुशिक्षित भएर आउने गरेको भए पनि दुईवटै कम्युनिस्ट पार्टीका प्रतिनिधि एउटै मञ्चमा उभिएर र नेकपाको पार्टी स्कुल विभाग नै व्यवस्थापक भएर गरेको यस्तो किसिमको कार्यक्रम पहिलो भएको नेताहरू बताउँँछन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा भूमिगत कालमा सीपी मैनालीको नेतृत्वमा नेकपाका वर्तमान स्कुल विभाग प्रमुख ईश्वर पोखरेल, साविक अनुशासन आयोग प्रमुख अमृत बोहोरा ६ महिना चीनमा अनुशिक्षित भएर आएका थिए । त्यसयता पनि नेपालका क्रियाशील कम्युनिस्ट घटकका शीर्षस्थ र मझौला तहका नेताहरूको चीन जाउआउ चली नै रहेको छ, वैचारिक प्रशिक्षणका लागि ।

Global Ime bank

“दुई कम्युनिस्ट पार्टी र आन्दोलनको अनुभव आदान–प्रदान हो । चिनियाँ कम्युनिस्ट पार्टीले यहाँ आएर पढाउनुपर्ने पनि होइन । हामीले उहाँहरूलाई पढाउनुपर्ने पनि होइन । यो त विचारको आदान–प्रदान हो । र, नियमित चलिरहने प्रक्रिया पनि हो,” पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापा भन्छन् । 

राष्ट्रपति सी पछि, विचार पहिला

चिनियाँ राष्ट्रपति सी जिनपिङले असोज अन्तिममा नेपालको राजकीय भ्रमण गर्दैछन् । दुवै देशले भ्रमणको तयारीलाई तीव्रता पनि दिएका छन् । सोमबार र मङ्गलबार चल्ने अन्तरक्रिया र वैचारिक आदानप्रदान पनि भ्रमणकै पूर्वतयारी भएको नेकपाका नेताको भनाइ छ ।

सन् १९४९ को जनवादी क्रान्तिपछि माओ त्से तुङले नौलो जनवादमार्फत् परिवर्तनको नेतृत्व गरे झण्डै तीन दशक । त्यसपछि शासनमा आएका देङ स्याओ पिङले चिनियाँ विशेषतायुक्त समाजवादको अवधारणा अघि सारेर चीनलाई आर्थिक क्रान्तिको दिशा दिए ।

दोस्रोपल्ट राष्ट्रपति पद सम्हालिरहेका सीले ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद’ शुरू गरेका छन् । जसलाई संविधानमा समेत सी विचारधाराका रूपमा ग्रहण गरी चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशक सिद्धान्त बनाइएको छ ।

“बदलिँदो सन्दर्भमा चीनको दृष्टिकोणबारे नेपाललाई अवगत गराउन र राष्ट्रपतिको भ्रमणको पूर्वसन्ध्यामा उनका विचारबारे जानकारी लिने अभिप्रायले अन्तरक्रिया राखेका हौं,” केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख थापा भन्छन् । 

चिनियाँ कम्युनिस्ट पार्टीका तीन विभागको प्रस्तुति

चिनियाँ कम्युनिस्ट पार्टी आयोजक रहेको अन्तरक्रियाको व्यवस्थापन मात्रै नेकपाको स्कुल विभागले गर्दैछ । प्रमुख भूमिका चिनियाँ कम्युनिस्ट पार्टीकै रहेको नेकपा स्कुल विभागका उपप्रमुख पौडेलले जानकारी दिए ।

उद्घाटन सत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नेपालको बदलिँदो कम्युनिस्ट आन्दोलनका बारेमा प्रवचन दिनेछन् । प्रवचन लिखित भए पनि कार्यपत्रका रूपमा नहुने पौडेलले जानकारी दिए । उद्घाटनकै दिन नेकपाका स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले पार्टीको अवधारणा प्रस्तुत गर्नेछन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका प्रशिक्षण विभाग प्रमुख सङ तावले पार्टीको दृष्टिकोण राखेपछि अघिल्लो दिनको सत्र पूरा हुनेछ । भोलिपल्ट चिनियाँ कम्युनिस्ट पार्टीका विदेश, प्रशिक्षण र सङ्गठन विभागका प्रतिनिधिले आ–आफ्ना मन्तव्य–विचार–अवधारणा राख्नेछन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ महाधिवेशनले तय गरेको राजनीतिक–वैचारिक कार्यदिशा, कम्युनिस्ट आन्दोलनको विश्व दृष्टिकोण, बदलिँदो विश्वबारे उनीहरूले आफ्ना विचार–दृष्टिकोण–धारणा राख्ने कार्यक्रम तय भएको नेकपाको विदेश विभाग बताउँछ । भोलिपल्टको सत्रमा नेकपाका नेताहरूको प्रस्तुति नरहने भुसालले जानकारी दिए । 

कार्यक्रममा सहभागी हुने नेकपाका नेता–कार्यकर्ताहरूको पनि तय भइसकेको छैन । अघिल्लो दिनको सत्र खुला हुनाले जो पनि सहभागी हुन पाउनेछन् । भोलिपल्टको सत्रमा पार्टीले तय गरेका प्रतिनिधिको मात्रै उपस्थिति हुनेछ ।

सी विचारको अन्तरकथा 

‘सी जिनपिङ्ग  विचारको अर्थ’ भन्ने एउटा आलेखमा साल्बाटोर बाबोन्सले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को सन् २०१७ को अक्टोबर १८ देखि २४ सम्म भएको १९ औं नेशनल कंग्रेसको चर्चा गरेका छन् । सीसीपीको बैठक सन् १९७७ देखि हरेक ५ वर्षमा हुँदै आएको छ ।

देङ्ग स्याओपिङ्ग जो चीनको सुधार युगका पिता मानिन्छन् । उनी पार्टीको ११ आंै कंग्रेसपछि शक्तिमा आएका थिए । माओत्सेतुङ्गको त्योभन्दा अघि मृत्यु भएको थियो । पार्टी अस्तव्यस्त र देश पनि सांस्कृतिक क्रान्तिका कारण अव्यवस्थामा रहेको बेलामा देङ्गले कानुनी राज्य स्थापनाको प्रयास गरे । पार्टी र राज्यबीचको सम्बन्धलाई संस्थागत गरे । 

चीनलाई खुला र सुधारको बाटोतर्फ अग्रसर गराए । यो क्रम झण्डै २० वर्षसम्म चल्यो । त्यसलाई देङ्ग स्याओपिङ्ग सिद्धान्त भनियो । त्यसमा आधारभूत कुरा चीनमा समाजवादलाई अघि बढाउने र विकास गर्ने कुरा आयो । यसलाई सीसीपीको १५ औं नेशनल कंग्रेस सेप्टेम्बर १९९७ मा प्रस्तुत गरिएको थियो । 

देङ्गको सो वर्षको फेब्रुअरीमा मृत्यु भयो । चीनमा दुई दशकसम्म प्रभावकारी शासनपछि देङ्गलाई चीनको इतिहासमा खेलेको भूमिकालाई लिएर थोरै मात्रै शंका गरिन्छ ।

माओले तीन दशकसम्म शासन गरेका थिए । त्यसै कारणले गर्दा चीनका अहिलेका राष्ट्रपति जो केन्द्रीय सैनिक आयोगका प्रमुख र महासचिव समेत रहेका छन्, उनले पनि कुनै मौका छोडेनन् । आफ्नो शासनको ५ वर्षकै अवधिमा उनले सी जिनपिङ्ग विचार संविधानमा नै उल्लेख गर्न लगाए । सी जिनपिङ्ग सिद्धान्त सम्बन्धि विचार पास पनि भयो । त्यसको पूरा नाम ‘सी जिनपिङ्ग थट अन सोसियालिज्म विथ चाइनिज क्यारेक्टरिस्टीक फर अ न्यू इरा’ राखिएको छ । त्यसलाई पार्टी कंग्रेसका दुई हजार २८७ जना प्रतिनिधिले सर्वसम्मत रूपमा पास गरेका थिए ।

त्यसमा १४ बुँदामा उनका विचारहरु समेटिएका छन् । त्यसले पार्टीको विचारधारालाई ‘थिंक इन बिग पिक्चर टर्मस’को रुपमा अगाडि बढाएको थियो । केन्द्रीय कमिटी सी जिनपिङ्गलाई केन्द्रमा राखेर बनाइयो । त्यसको मुटुको रूपमा सी जिनपिङ्गको सुशासन सम्बन्धी वक्तव्य राखिएको थियो । 

त्यसमा सी जिनपिङ्गले सम्पूर्ण शक्ति लिएर पिपुल्स लिबरेसन आर्मी र पिपुल्स आर्म्ड फोर्सेजको नेतृत्व लिएर सेनाको सवलीकरण गर्ने, पिपुल्स लिबरेसन आर्मीको विकास गर्ने र यसलाई सबलीकरण गरेर सुधार र प्रविधिको विकास, कानुनअनुसार अघि बढाउने, पार्टीको कमाण्ड स्वीकार गर्ने आज्ञाकारी जनताको बल बनाउने र लड्ने तथा जित्न सक्ने परिस्थितिको निर्माण गरी कार्यान्वयन प्रक्रियालाई अत्युत्तम बनाउने भनिएको छ । 

नयाँ युगमा पिपुल्स लिवरेसन आर्मीले यो उद्देश्य प्राप्त गर्ने र चीनमा बलियो समुदाय बनाउने, साझा चासोमा न्यायको प्रत्याभूति गराउने, आपसी संयोजन र छलफलबाट मानव जातिको भलाइका लागि काम अघि बढाउने जनाइएको छ । 

यसैगरी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अगाडि बढाउने भनिएको छ । दशवटा बुँदामध्ये शुरुका ५ वटा सैनिकतर्फ केन्द्रित छन् भने बाँकी ४ वटा समाजतर्फ र अन्तिम बुँदा विदेश नीतिमा केन्द्रित छ ।  यिनै बुँदामा सी जिनपिङ्ग विचारधारा अन्तरनिहीत रहेको बताइने गरेको छ । सीको मन्तव्यलाई विश्वले नै आशाको रुपमा हेरेको थियो । 

त्यसलाई अन्तर्राष्ट्रिय नीतिमा नरम हुने संकेतको रूपमा पनि लिइएको थियो । तर, यो नीति सेनाको सहयोगमा राष्ट्रिय सुधारमा मात्रै केन्द्रित भएको थियो । जसमा पार्टीलाई पहिलो र सेनालाई दोस्रो प्राथमिकतामा राखिएको छ । 

उनले देशलाई अझ वैभवशाली बनाउने र मुलुकलाई अझ सशक्त पार्ने जनाएका छन् । सीलाई यो विचारधाराको मुख्य नेताको रुपमा लिइएको छ । देङ्गले आफ्नो विचार लाद्नको लागि १९८९ को जुन ४ मा ट्यांकको सहयोग लिएका थिए । त्यसलाई तियानमेन स्क्वायर हत्याकाण्डको रूपमा लिने गरिएको छ । 

चीनको अर्को विचारमा बेल्ट र सडक केन्द्रित रहेको छ । जसमा समुदायका कुरा पनि छन् । आन्तरिक र बाह्य दुवै विषय यसमा समेटिएका छन् । 

उनले मन्डारिन भाषा र बीसौं शताब्दीको कन्फ्युसियानिज्मको विस्तारलाई पनि उत्तिकै महत्व दिएका छन् । विश्वका करिब पाँच सय विश्वविद्यालयमा चीनले भाषा र संस्कृतिसम्बन्धी कार्यक्रमलाई सहयोग गरेको छ । सन् २०२१ मा चीनले सीसीपीले एक सयौं वार्षिकोत्सव मनाउँदैछ ।

चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ एशिया, अफ्रिका र युरोपलाई विभिन्न सञ्जालबाट जोड्ने परियोजना हो ।  चीनका राष्ट्रपति सी जिनपिङ्गले सन् २०१३ मा यो परियोजना ‘क्वाइन’ गरेका हुन् । 

दुई हजार वर्षअघि हान वंशले शुरु गरेको सिल्क रोडबाट उनी प्रभावित भएर यो परियोजना ल्याएको जनाइएको छ । यसलाई पहिला ‘वान बेल्ट, वान रोड’ सडककोे रुपमा पनि चर्चामा ल्याइएको  थियो । यसमार्फत् चीनले दक्षिण पूर्वी एशिया, दक्षिण एशिया, मध्य एशिया, रसिया र युरोपलाई जमिनबाट तथा समुद्रबाट दक्षिण पूर्वी र दक्षिण एशिया, दक्षिण प्यासिफिक, मध्यपूर्व र पूर्वी अफ्रिकालाई जोड्ने लक्ष्य लिइएको छ । 

यो प्रक्रियामा ५ वटा मुख्य प्राथमिकताहरू तय गरिएका छन् । जसमा नीति, संयोजन, पूर्वाधार कनेक्टिभिटी, व्यापार, आर्थिक एकीकरण र जनस्तरसम्मको सञ्जाल रहेका छन् । यो परियोजनामा एक ट्रिलियन लगानी गर्ने जनाइएको छ । 

जसमा बन्दरगाह, सडक, रेलवे, विमानस्थल र दूर सञ्चार नेटवर्कलगायतका विषय समावेश छन् । बीआरआईको भौगोलिक सीमा विस्तार हुँदै गइरहेको छ । अहिलेसम्म यसले ७० देशलाई साझेदार बनाइसकेको छ ।

जस अन्तर्गत यसबाट विश्वको ६५ प्रतिशत जनसंख्या समेटिएका छन् । जसले विश्वको एक तिहाई कूल गार्हस्थ्य उत्पादन (जीडीपी) धान्छ । 

यस्तै ‘चाइना पर्सपेक्टिभ’ भन्ने अर्को एक आलेखमा जोहन ग्यारिक र यान चाङ्ग बेन्नेटले जनाएअनुसार चिनियाँ कम्युनिस्ट पार्टी सीको विचारधारामा अनुबन्धित भएपछि चीनको संवैधानिक अर्डरमा सीको प्रभुत्व पार्टीको भन्दा बढी हुन थालेको छ । चीनमा माओपछि सी सबैभन्दा शक्तिशाली नेताका रूपमा चिनिन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC