खेल
काठमाडौं । सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने दबाबमा रहेको नेपाल जारी यू-१८ साफ च्याम्पियनसिपमा फुटबल प्रतियोगितामा भुटानविरुद्ध १ गोलले पछि परेको छ ।
हलचोकस्थित सशस्त्रको खेल मैदानमा पहिलो हाफ सकिँदा नेपाल भुटानविरुद्ध एक गोलले पछि परेको हो । भुटानका लागि ३७ औं मिनेटमा येशि दोर्जीले गोल गरे ।
घरेलु टोलीको कमजोर डिफेन्सको फाइदा उठाउँदै येशिले दोस्रो पटक प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
समुह ए मा रहेको नेपालले यसअघि माल्दिभ्ससँग १-१ को बराबरी खेलेको थियो ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६ १५:४६
प्रतिक्रिया दिनुहोस्