site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ब्रेक्जिट सम्झौताका विषयमा पार्टीले  निर्णय गर्छ: जेरेमी कोर्बिन 
Sarbottam CementSarbottam Cement

बेलायतको विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिट सम्झौताका विषयमा पार्टीले निर्णय गर्ने बताएका छन् । उनले आइतबार दोस्रो चरणको जनमत संग्रहमा ब्रेक्जिटका विषयमा कसरी अगाडि भन्‍ने निर्णय गर्ने र त्यहीअनुसार अघि बढ्ने बताएका छन् । 

पार्टीको वार्षिक सम्मेलनमा उनले मतदातालाई युरोपियन युनियनमा बसिरहने अथवा 'विश्वासिलो' सम्झौता गर्ने भन्ने विकल्प समेत प्रस्ताव गरेका छन् । युरोपियन युनियनमा रहिनुपर्ने पार्टी सदस्यहरूको दबाब उनलाई छ । उनले भने, "अहिले पार्टीको नेतृत्व मैले गरिरहेको छु । पार्टीको नेतृत्व गर्न पाउँदा गर्व महसुस गरेको छु । प्रजातन्त्रको वकालत गरिरहेको पार्टीको निर्णय मान्न म तयार छु ।" 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री जोन्सनले निर्धारित मिति अक्टोबर ३१ मा जसरी पनि बाहिरिने बताउँदै आएका छन् । तर, केही सत्तारुढ दलका सांसद तथा विपक्षी दलले भने अहिलेकै अवस्थामा कुनै नयाँ विकल्प नदिएर ईयूबाट बाहिरिँदा अस्थिरता बढ्ने, मुलुकको ठूलो व्यापार व्यवसाय धरापमा पर्ने र ४० वर्ष लामो परराष्ट्र नीतिको अन्त्य हुने तर्क गरेका छन् ।  

तर, ईयूका कट्टर आलोचकसमेत रहेका पार्टीका केही नेताहरु यस विषयमा तटस्थ देखिन्छन् । उनीहरुले पार्टीभित्रका ईयूमा रहिरहनुपर्छ भन्‍ने सदस्य र अलग हुनुपर्छ भन्‍ने सदस्यबीच छलफल गरेर साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताएका छन् । 

Global Ime bank

केही साताअघि प्रधानमन्त्री बोरिस जोन्सनले भने ईयूबाट जसरी पनि बाहिरिने प्रतिबद्धता दोहोर्‍याएका छन् । उनले 'गर या मर' को स्थिति रहेको बताएका छन् । सत्तारुढ दल कन्जरभेटिभ पार्टी भने ब्रेक्जिटका विषयमा विभाजित छ । 

रोयटर्स

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC