site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपतिविरुद्ध तरुण दलको खबरदारी, अध्यक्ष भने आएनन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । तरुण दलले आइतबार माइतीघर मण्डलामा ‘तरुण युवाको खबरदारी’ कार्यक्रम आयोजना गरेर राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गरेको हो ।

संविधान दिवसको अवसरमा असोज ३ गते राष्ट्रियसभा भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको विरोधमा प्रदर्शन गरिएको महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

संविधान दिवसका दिन राष्ट्रपति भण्डारीले उक्त कार्यक्रममा आफूभन्दा अगाडि बोलेका कांग्रेस सभापति देउवाले दिएको अभिव्यक्ति आफूले केही पनि नबुझेको भन्दै आयोजकलाई ‘साउण्ड सिस्टम’ मा सुधार गर्न सुझाव दिएकी थिइन् । तर कांग्रेसका कार्यकर्ताहरुले आफ्नो पार्टीका सभापति देउवामाथि राष्ट्रपति भण्डारीले जानाजान घोचपेच गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि जनाएका थिए । 

तरुण दलले भ्रष्टाचार, बढ्दो महँगी, तस्करी र कालो बजारी विरुद्ध आयोजना गरेको ‘तरुण युवाको खबरदारी’ कार्यक्रममा पनि सोही असन्तुष्टि पोखिएको हो । तरुण दलका नेता–कार्यकर्ताहरुले राष्ट्रपतिलाई पदीय मर्यादामा बस्नुपर्ने भन्दै नाराबाजी गरेका हुन् । खबरदारी कार्यक्रमअन्तर्गत तरुण दलले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध चर्का नाराबाजी गर्दै प्रदर्शनसमेत गरेको छ । 

Global Ime bank

प्रदर्शनमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र उनी निकट कार्यकर्ताहरु भने सहभागी थिएनन् । तरुण दलका महासचिव शाहीको आह्वानमा आयोजित प्रदर्शनमा उनीनिकटका नेता–कार्यकर्ताहरुमात्रै उपस्थित थिए । अध्यक्ष बस्नेत र महासचिव शाहीले भदौ २८ गते एक–अर्कालाई कारवाही गर्दै साधारण सदस्यसमेत नरहने गरी संगठनबाट निष्कासन गरेका थिए ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC