site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘संविधानमा मेरो पनि ‘रिजर्भेसन’ छ, रेशम चौधरी ससम्मान छुट्छन्’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनाका मुख्य अभियुक्त सससम्मान जेलबाट रिहा हुने बताएका छन् । टीकापुर घटनाका सबै ‘झुटा मुद्दा’ खारेज गर्ने राजनीतिक–सैद्धान्तिक सहमति भइसकेकाले केही दिनमै कैलाली–१ बाट निर्वाचित र अदालतले जन्मकैदको फैसला सुनाएर जेल चलान भएका रेशम चौधरी ससम्मान रिहा हुने उद्घोष उनले गरेका हुन् ।

थारूहरूको पर्व जितियाका अवसरमा सुनसरीको झुम्कामा आयोजित सभामा प्रचण्डले भने– “टीकापुरको पनि यहाँ सन्दर्भ आयो । अस्ति भर्खरै बलुवाटारमा छलफल भएको छ । सबै झुटा मुद्दाहरू खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक सहमति भएको छ । केही समयपछि झुटा मुद्दा खारेज हुन्छन् । जो बन्दी अवस्थामा छन्, सबै छुुट्छन् । जनताको मतबाट निर्वाचित भएकान माननीय ससम्मान बाहिर आउँछन् भन्ने मेरो विश्वास छ ।”

माओवादी आन्दोलनको ‘सुप्रिमो’समेत रहेका प्रचण्डले संविधानमा आफ्नो पनि फरक मत (रिजर्भेसन) रहेको बताए । उनले भने, “मैले नचाहँदा नचाहँदै पनि आज बोल्नैपर्ने भयो । म संविधानसभाको राजनीतिक दलको एउटा त्यस्तो नेता हुँ, जसले यो संविधान पूर्ण भएको छैन, यसमा अरू धेरै चिज संशोधन गर्न आवश्यक छ भनेर रिजर्भेसन राखेँ । अरू कुनै पार्टी थिएनन् । म नै एउटै पार्टीको नेता हो, जसले त्यसमा रिजर्भेसन राखेर, भिन्न मत राखेर नोट अफ डिसेन्ट संविधासभाभित्रै राखिएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले थपे, “संविधान समझदारीमा बनेको हो । पक्कै पनि त्यहाँ केही सम्झौता गरिएका छन् । ती सम्झौता आवश्यकतामा आधारित रहेका छन् । म दोस्रोपटक प्रधानमन्त्री बन्दा संविधान संशोधन गर्न संसदमा दुईपटक प्रस्ताव दर्ता गरेँ । अहिले पनि संविधान संशोधन गरेर अगाडि बढ्नुपर्छ,” प्रचण्डको जोड थियो ।

उनले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन हुने कुरामा पनि जोड दिए । “म तपाईं आदिवासी जनजाति, दलित, थारू, मधेसी, मुस्लिम महिला सबैलाई संवैधानिक प्रक्रियामार्फत् शान्तिपूर्ण रूपले नै संविधान संशोधनका लागि अगाडि बढ्नुपर्छ भन्ने अपिल गर्न चाहन्छु,” उनले थपे ।

Global Ime bank

ऐतिहासिक विरासत, मूल्य, परम्परा, संस्कृतिलाई जगेर्ना गर्न थारूको भूमिका रहेको भन्दै प्रगति, गतिशीलता र सिर्जनामा विश्वास गर्न जडतामा विश्वास नगर्न अनुरोध पनि गरे । र, मुलुकलाई एकतावद्ध बनाउन पनि आग्रह गरे ।

परिवर्तन उल्ट्याउन खोजियो
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले ७० वर्ष सङ्घर्ष, हजारौंको बलिदानीबाट ल्याएको गणतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध उच्छृङ्खल र अराजक तत्वले बदमान गर्न खोजेको आरोप लगाए ।

“स्वतन्त्रताका नाममा अराजकता, उच्छृङ्खलता, समाजमा घृणा र वितृष्ष्णा फैलाउने खालका काम भइरहेका छन् । नकारात्मक सोचलाई बढावा दिने खालका प्रयत्न भइरहेका छन् । यद्यपि त्यस्तो प्रवृत्ति ठूलो शक्तिका रूपमा रहेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अप्ठ्यारोमा पार्न खोजेको भने होइन,” उनले भने ।

उनले हिजोका राजा महाराजाहरूले पर्दा पछाडि बसेर खेल खेल्न खोजेको पनि आरोप लगाए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement