site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
घरेलु मैदानमा नेपालको लज्जास्पद हार, भुटान सेमिफाइनलमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । घरेलु टोली नेपालले जारी यू–१८ साफ च्याम्पियनसिप फुटबलमा भुटानसँग लजास्पद हार ब्यहोरेको छ । समूह ए अन्तर्गत आज भएको अन्तिम खेलमा नेपालले भुटानसँग ३–० को हार ब्यहोरेको हो । 

आजको हारसँगै नेपालको सेमिफाइनलमा स्थान बनाउने सम्भावना न्यून भएको छ । विजयी भुटानले भने अन्तिम चारमा स्थान पक्का गरेको छ ।

Agni Group

अर्को खेलमा भुटानले माल्दिभ्सविरुद्ध फराकिलो जित निकालेमात्र नेपाल अन्तिम चारमा पुग्नेछ । हलचोकस्थित सशस्त्रको खेल मैदानमा भुटानको जितमा येशी दोर्जी, केल्जाङ जिम्मी र कर्मा सोनामले गोल गरे । ३७ औं मिनेटमा घरेलु टोलीको कमजोर डिफेन्सको फाइदा उठाउँदै येशीले भुटानलाई अग्रता दिलाएका थिए  ।

उनले डिफेन्डरलाई छक्याउँदै दोस्रो पटक प्रहार गरेको बल गोलमा परिणत भएको थियो । पहिलो हाफमा १–० ले पछि परेको नेपाल दोस्रो हाफमा २ गोलको शिकार भयो । ८६ औं मिनेटमा केल्जाङ जिम्मीले भुटानको अग्रता दोब्बर बनाउँदा कर्मा सोनामले अन्तिम मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीको जित पक्का गरे ।

Global Ime bank

नेपालले यसअघि समूहको पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC