site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बोलिभियाको आगोसँग लड्दालड्दै थाके आगो नियन्त्रक, आगलागी दोब्बर हुँदै
Sarbottam CementSarbottam Cement

बोलेभियाको जंगलमा लागेको आगो नियन्त्रण गर्न खटिएका आगो नियन्त्रकहरु थकित भएका छन् । आगलागी दोब्बर दरमा वृद्धि हुँदै गएपछि उनीहरुले उक्त आगलागी नियन्त्रण गर्न सकिने आशा मारेका छन् । 
दुई दशकयताकै सबैभन्दा बढी आगलागी यस वर्ष भएको र पछिल्लो तीन सातामा आगलागी दोब्बर वृद्धि भइरहेको जनाइएको छ । उक्त आगलागीले त्यहाँको जैविक विविधतायुक्त जंगल विनाश गर्नुका साथै त्यहाँको चुरे क्षेत्र र कृषि भूमिमा समेत असर पुगेको छ । 

दुई महिनादेखिको निरन्तरको आगलागी नियन्त्रण गर्ने प्रयास जारी रहे पनि सुख्खा क्षेत्रमा पुन: आगलागीको क्रम जारी छ । "कत्ति पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागी जारी छ, " नुफ्लो चाभेज प्रान्तका गभर्नर इलियास जोन्स भन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय आगो नियन्त्रकले भने आफूसँग पर्याप्त उपकरण नहुँदा खासै प्रतिफल हासिल गर्न नसकिएको बताएका छन् । जोन्सका अनुसार करिब सात सयदेखि आठ सय आगो नियन्त्रकहरु घर फर्किसकेका छन् । अहिले उक्त काम पूर्ण रुपमा अर्जेन्टिनी र फ्रान्स र बोलिभियाली सेनाले सम्हालिरहेका छन् । 

चारजना आगो नियन्त्रकको त्यही मृत्यु भएको थियो । जसमा तीनजनाको नुहाउने क्रममा र एकजनाको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । 
रोयटर्स

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC