site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पाकिस्तानमा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु 
Ghorahi CementGhorahi Cement

पाकिस्तानको ड्यामेर जिल्लास्थित गिलगिट-बल्टीस्तानको बाबुसर पास नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा कम्तिमा पनि २६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । 

आइतबार भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेमा केही पाकिस्तानी सेनासमेत रहेको जीबी सरकारका प्रवक्ता फैजुल्लाह फिराकले बताए । उनका अनुसार घाइते भएका सेनाहरुलाई जिल्ला हेडक्वार्टर हस्पिटलमा लगिएको छ भने उकत अस्पतालमा आपतकाल घोषणा गरिएको छ । 

Agni Group

मृत्यु भएकाहरुको पहिचान हुन सकेको छैन । ड्यामेर प्रहरी प्रवक्ता मोहमम्द वकिलका अनुसार निजी कम्पनीको उक्त बस शनिबार सकर्दुबाट रावलपिण्डिका लागि छुटेको थियो । 

उनले भने, "आइतबार चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको हो । उक्त बस पहाडमा ठोकिएको थियो । तर, चालकले कसरी नियन्त्रण गुमाए भन्‍ने विषय अहिले नै यकिन हुन सकेको छैन् ।" घटनास्थलबाट शव ल्याउनका लागि सरकारसँग हेलिकोप्टर पठाइदिन आग्रह गरिएको छ । मृत्यु हुनेमा अधिकांश सकर्दु जिल्लाका रहेको बताइएको छ । 

Global Ime bank

रोयटर्स

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC