site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुई थान पेस्तोल र ग्रिनेडसहित विप्लव नेकपाका भोजपुर सेक्रेटरी पक्राउ 
Ghorahi CementGhorahi Cement

भोजपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्ट हतियारसहित पक्राउ परेका छन् । 

भोजपुर नगरपालिका १० स्थित गजुरमुखी भीर नजिकैबाट विष्टलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । 

Agni Group

विष्टको साथबाट दुई थान इटालियन अटोमेटिक पेस्तोल, हाते ग्रिनेड, पार्टीका दस्तावेज र चन्दाका लागि लेखिएका पत्रहरु बरामद गरिएको उनले बताए ।

यसअघि भोजपुरमा प्रहरी र विप्लव समूहबीच झडप हुँदा विप्लव समूह र नेपाल प्रहरीका गरी दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा प्रहरी जवान सञ्जीव राई र विप्लवका कार्यकर्ता ओखलढुंगा जिल्ला इन्जार्च ३५ वर्षीय नीरकुमार राई थिए । 

Global Ime bank

त्यसअघि नेपाल प्रहरीको गोली लागेर भोजपुरमै विप्लव समूहका तिर्थराज घिमिरे मारिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC