खेल
धनगढी । पाँचौ संस्करणको फारवेष्ट पशुपति कप पुस पहिलो सातादेखि सञ्चालन हुने भएको छ ।
आयोजक फारवेष्ट पशुपति युवा क्लबले आईतबार पत्रकार सम्मेलन गर्दै पाँचौ संस्करणको फारवेष्ट पशुपति कप पुस ४ गतेदेखि आयोजना हुने जानकारी दिएको हो । प्रतियोगिता धनगढी रंगशालामा हुनेछ ।
क्लबका अध्यक्ष खेम रावतका अनुसार प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउने छन् । उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५-१५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष रावतले बताए ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६ १८:०१
प्रतिक्रिया दिनुहोस्