site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दिनेश अधिकारीको एल्बम ‘अनवरत’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । चर्चित कवि तथा गीतकार दिनेश अधिकारीको अर्को सांगीतिक एल्बम ‘अनवरत’ एक समारोहका बीच सार्वजनिक भएको छ ।

सर्वाधिक चर्चित गीत संगीतकर्मीहरू किरण खरेल, प्रेमध्वज प्रधान, दीपक जङगम, शक्ति बल्लभले संयुक्तरुपमा सार्वजनिक गरेको उक्त गीति एल्बम बिन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सार्वजनिक यस गीति एल्बम ‘अनवरत’मा गीतकार अधिकारीका सात वटा गीतहरू समावेस गरिएका छन् । गीति सङ्गालोका सबै गीतहरूमा राजकुमार बगरले संगीत भरेका छन् । 

सांगीतिक एल्बम ‘अनवरत’मा नयाँ पुस्तका गायक कलाकारहरूको वर्चस्व रहेको छ । यस एलबमका गीतहरूमा रामकृष्ण ढकाल, रामचन्द्र काफ्ले, निशा देशार, राज सिग्देल, प्रविशा अधिकारी, श्रेयशी चेमजोङ, सीडी विजय र प्रताप दासको आवाज सजिएको छ ।

Global Ime bank

दिनेश अधिकारीको १४औं एकल सांगीतिक एलबम ‘अनवरत’मा संगृहीत एउटा गीतको म्युजिक भिडीयो निर्माण गरी सार्वजनिक गरियो । ‘तिमी सुखी हुनु...’ शब्दको यस म्युजिक भिडीयोको निर्देशन काजिश श्रेष्ठको गरेका छन् ।

सो अवसरमा सांगीतिक स्रष्टा प्रेमध्वज प्रधान, किरण खरेल, राजकुमार बगर, दिनेश अधिकारीलगायतले बोलेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  २०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement