site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश १ सवारी विधेयक प्रमाणीकरण : पाँच वर्षसम्म लाइसेन्स नवीकरण नगरे खारेज हुने
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले “प्रदेश सवारी तथा यातायात सम्बन्धमा  व्यवस्था गर्न बनेको विधेयक” २०७६ आइतबार  प्रमाणीकरण गरेका छन् । 

प्रदेशसभाको भदौ २६ गते बसेको बजेट अविेशनको ४८ औं बैठकले  विधेयक सर्वसम्मत पारित गरेको थियो । प्रमाणीकरणको लागि आएको विधेयक संविधानको धारा २०१ बमोजिम  तुम्बाहाङले प्रमाणीकरण गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहार  सल्लाहकार शेखर रेग्मीले जानकारी दिएका छन । 

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म सवारी विधेयकसहित प्रामाणीकरण भएका विधेयकको संख्या ४१ पुगेको छ । राजपत्रमा प्रकाशित भएपछि यो ऐनका रुपमा लागु हुनेछ । 

एक सय ८१ दफा र ७ अनुसूची रहेको विधेयकमा  चालक अनुमति पत्र , नवीकरण, सवारी दर्ता, नामसारीलाई  व्यवस्थित, मर्यादित, अनुशासित गरी संचालन र नियमन गर्र्ने उल्लेख छ । सरकारी, संस्थान, कुटनीतिक र नीजि सवारी साधनका धनीले पाँच वर्षको नविकरण एकै पटक गर्न चाहेमा कुल रकमको १० प्रतिशत छुट दिने व्यवस्था  छ । 

Global Ime bank

यस्तै दुई पाङ्ग्रे सवारी साधनका सवारी धनीले १० वर्षको नविकरण एकै पटक गर्न चाहेमा १० प्रतिशत छुट दिने विधेयकमा व्यवस्था छ । म्याद सकिएको तीन महिनाभित्रमै चालक अनुमति पत्र नवीकरण गर्नुपर्ने तर पाँच वर्षसम्म पनि नगरे  अनुमति पत्र स्वतः खारेज हुने व्यवस्था छ ।  

चालक अनुमति पत्र म्याद नाघेको एक वर्षभित्र नवीकरण गरेमा १ सय  प्रतिशत, २ वर्षमा २ सय  प्रतिशत ,३ वर्षमा ३ सय प्रतिसत , चार वर्षमा चार सय प्रतिशत र ५ वर्षमा ५ सय प्रतिशतसम्म जरिवाना लिने विधेयकले व्यवस्था गरेको छ । 

ज्यान मार्ने मनासय राखी दुर्घटना गरे चालकलाई जन्म कैद र  लार्पावाही , जानीजानी दुर्घटना गरे दुई वर्षदेखि १० वर्षसम्म कैद वा ३० देखि १ लाख जरिवानाको सजाय तोकिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  २१:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC