site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फेसबुकले लाइक बटन हटाउँदैछ ! त्यसपछि के हुन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेप्टेम्बर पहिलो साता सामाजिक सञ्जाल फेसबुकले लाइकको गणना हटाउने तयारी गरिरहेको समाचार विभिन्न अन्तर्राष्ट्रिय मिडियामा आए । फेसबुकले भने औपचारिक रुपमा त्यस्तो घोषणा गरेको छैन । त्यतिबेला प्रकाशित समाचारमा विध्वंसात्मक रुपमा प्रयोगकर्ताले अरुसँग तुलना गर्न थालेकाले त्यसो गर्न लागिएको फेसबुकका कतिपय अधिकारीहरुले बताएका थिए । 

लाइक धेरै पाएन भने आफूलाई कमजोर ठान्ने र मनोवैज्ञानिक रुपमा नै यस्तो समस्या देखिएको ती समाचारमा जनाइएका थिए । नजानेरै विश्वका दशौं लाख मानिस मानसिक रोगको शिकार हुनुपरेको समेत अन्तर्राष्ट्रिय समाचारमा उल्लेख थिए ।

फेसबुकमा सन् २००९ देखि नै लाइक बटन रहेको छ । त्यसपछि प्रयोगकर्ताको मुख्य केन्द्र नै यही भइरहेको छ । आफूले पोस्ट गरेका सामग्रीमा कति लाइक र कमेन्ट आए भनेर प्रयोगकर्ता अल्मलिने गरेका छन् । बेलायतको टेलिग्राफ पत्रिकाको सेप्टेम्बर २ को अंकमा फेसबुकले लाइक बटन नै चाहिं नहटाउने तर कति लाइक आए भन्ने नदेखाउने तयारी गरेको उल्लेख गरिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

लाइक काउन्ट हटाउनका लागि टेस्ट गरिरहेको त्यतिबेला फेसबुकका अधिकारीलाई उद्धृत गर्दै सो समाचारमा जनाइएको थियो । उता इन्स्ट्राग्रामले केही क्यानडेली प्रयोगकर्ताका लागि लाइक हटाएको जनाइएको थियो ।  अन्य देशमा पनि त्यसलाई विस्तारै विस्तार गरिने त्यतिबेला चर्चा थियो । इन्स्ट्राग्रामले चाहिं औपचारिक रुपमै आफूले लाइकका कारण प्रयोगकर्तालाई पर्न गएको दबाब हटाउन चाहेको जनाएको थियो । 

इन्स्ट्राग्रामका कार्यकारी प्रमुख आडम मोस्सेरीले आफूहरुले यो परिवर्तनलाई स्थायी बनाउन चाहेको उल्लेख गरेका थिए ।  फेसबुक र इन्स्ट्राग्रामकै अधिकारीहरुले पनि सुरुमै यस खालको बटन राखिएकोमा खेद व्यक्त गरेको समेत त्यतिबेला चर्चा भएको थियो । त्यसबाटे अस्वस्थ वातावरण सिर्जना भएको भन्ने उनीहरुको भनाई थियो । 
मनोवैज्ञानिकहरुका अनुसार लाइक बटनका कारण मानिसहरुलाई सामाजिक सञ्जालको लत नै देखिने गरेको छ । 

Global Ime bank

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले आफूले लाइक नपाउने जस्तो देखियो भने पोस्ट गरेका सामग्री नै हटाउने गरेको समेत पाइएको छ ।  सन् २०१६ मा फेसबुकले  प्रतिक्रिया जनाउन मिल्ने खालका बटन समेत राखेको थियो ।  जसमा लाइकका अतिरिक्त,  निराशा, आक्रोश र आश्चर्य प्रकट गर्ने खालका बटन समेत राखिएका थिए । 

फर्बिजको यही सेप्टेम्बर १५मा प्रकाशित एउटा आलेखमा फेसबुकले हालैको घोषणामा लाइक लुकाउने तयारी गरेको उल्लेख छ । प्रयोगकर्तालाई इर्श्या र सेल्फ सेन्सरबाट आफैँलाई विघटन हुनबाट जोगाउनका लागि चाँडै त्यस्तो गर्न लागेको समाचारमा उल्लेख छ । इन्स्ट्राग्रामको हकमा यसअघि नै सातवटा देशमा यसको प्रयोग भएको जनाइएको छ । जसमा क्यानडा, ब्राजिललगायतका देश रहेको छ ।

लाइक नदेखाउँदा यसले विध्वंसात्मक रुपमा मानिसलाई अरुसँग तुलना गर्ने अवस्थाबाट जोगाउने जनाइएको छ । यसले आफ्ना पोस्ट डिलिट गर्नबाट समेत प्रयोगकर्तालाई रोक्ने आकलन गरिएको छ ।  तर, कसरी यो प्रक्रिया अघि बढाउने भन्ने बारेमा फेसबुकले अहिले प्रयोग मात्रै गरिरहेको जनाइएको छ । त्यसको केही असर अहिले नेपालमा पनि परिरहेको फेसबुक प्रयोगकर्ताहरुले बताइरहेका छन् । 

लाइकले गर्दा मानिसहरुले आफू अनपपुलर भएको सोच्ने र त्यसले अन्य काममा पनि असर गर्ने अनुसन्धाताहरुको भनाइ रहेको छ । यसबाट युवा पुस्ता अझ बढी प्रभावित रहेको उनीहरुको तर्क छ ।  केहीअघि फेसबुक प्रोटोटाइप एन्ड्रोइड एपका इन्जिनियर मास्टर जाने मान्चुन वङ्गले लाइकको बटनका बारेमा निर्णय गर्ने बारेमा आफूहरुले सोचिरहेको जनाएको उल्लेख गरेका थिए ।  

फेसबुकका संस्थापक मार्क जुकरबर्गले यही सेप्टेम्बर १७ का दिन फेसबुकमा के राख्ने वा के नराख्ने भन्ने निर्णय गर्नका लागि ४० जना रहने ओभरसाइट बोर्ड बनाउने घोषणा गरेका थिए । त्यसले के राख्न सक्ने र के नसक्ने भन्ने जटिल समस्याको बारेमा सम्बोधन गर्ने जनाइएको थियो   । 
अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC