site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
धोनीलाई संन्यासबारे सोच्ने समय दिनुपर्छः युवराज सिंह
Sarbottam CementSarbottam Cement

एजेन्सी । एकदिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध पराजित भएपछि भारतीय क्रिकेटर महेन्द्रसिह धोनी मैदान देखिएका छैनन् । सामाजिक सञ्जालमा भारतीय समर्थकहरुले धोनीले जानीजानी भारतीय टिमलाई हराएको भन्दै आलोचना गरेका थिए । त्यसो त भारतमा आलोचना सामान्य जस्तै मानिन्छ । 

विगत ३ महिनायता धोनी मैदानमा नदेखिएपछि धेरैले संन्यास लिँदैछन् भन्ने शंका गरिरहेका छन् । पूर्व क्रिकेटरले समेत धोनीको भविष्यको बारेमा अनेकन टिप्पणी गरिरहेका छन् । यहीबीचमा पूर्वक्रिकेटर युवराज सिंहले धोनीले भारतीय क्रिकेटको लागि धेरै गरिसकेको र आफ्नो करियरको बारेमा निर्णय गर्न दिनुपर्ने बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“धोनीले भारतीय क्रिकेटको लागि धेरै गरिसकेका छन् । उनी क्रिकेटमा सफल भारतीय कप्तानको रुपमा गनिन्छन् । त्यसैले उनलाई निर्णय गर्नको लागि समय दिनुपर्छ । उनलाई संन्यास लिने कि नलिने बारेमा निर्णय गर्न आवश्यक छ । यदि उनी अझै खेल्न चाहन्छन् भने हामी उनलाई सम्मान गर्छौं,” युवराजले स्पोर्टस् मुभमेन्टको सम्मेलनमा भने ।

युभराज सिंहभन्दा पहिले भारतका क्रिकेट लिजेन्ड सुनिल गाभास्करले इन्डिया टुडेसँग बोल्दै धोनीले संन्यास लिने कि नलिने बारेमा निर्णय गर्ने समय आएको बताएका थिए । युवराजले रिसब पन्तबारे पनि धारणा राखेका थिए । 

Global Ime bank

रिशव पन्तसँग धोनीको तुलना गर्न शोभा नदिने बताएका युवराजले भने, “महेन्द्र सिंह धोनी एकदिनमा बनेका होइनन् । उनलाई आजको अवस्थामा आइपुग्न वर्ष लागेको थियो । अब यसैगरी उनको ठाउँमा अरु बन्नलाई पनि त्यति नै समय लाग्नेछ ।” टी ट्वान्टी विश्वकप सुरु हुन एक वर्ष बाँकी छ । युवराजले पन्तको मनोभावना बुझेर सीपमा विकास गर्नुपर्ने बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC