site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

दाङ । परापूर्वकालदेखि जङ्गली जीवन बिताउँदै आएका राउटे समुदायका अगुवाहरु दसैं खर्च जुटाउन दाङका विभिन्न सरकारी कार्यालय, सङ्घसंस्थालगायतका स्थानमा आर्थिक रकम जुटाउँदै हिँडेका छन् । 

शुक्रबार घोराही उपमहानगरपालिकामा आर्थिक सहयोग जुटाउन आएका उनीहरुले अहिलेसम्म रु १० हजार जम्मा गरिसकेको पनि जानकारी दिए । कुराकानीको क्रममा राउटेका मुखिया नारायणबहादुर शाहीले आफूहरुलाई दसैंमा खसी काट्ने, नयाँ कपडा किन्ने र टीका लगाएर चेलीबेटीलाई दक्षिणा दिनुपर्ने हुँदा आर्थिक सहयोग जुटाउँदै हिँड्नु परेको बाध्यता सुनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

“हामी सुर्खेतको कान्छी बजार भन्ने जङ्गलको डाँडामा बस्दै आएका छौँ”, उनले भने, “दसैं खर्चको लागि गाडी चढेर दाङसम्म आयौँ । दसैंमा खर्च गर्ने पैसा नहुँदा त्यसको जोहो गर्न आया हुँ ।” शाहीले आफ्नो बस्तीमा करीब २०० राउटे रहेको पनि जानकारी गराए । “हामी दाङमा माग्न आएका छौं । अर्को मुखियाको टोली काठमाडौं माग्न गएको छ । जनता (राउटे)लाई पुग्ने खर्च जुटाउने हो ।”
    
पहिले दाङको जङ्गलमा पनि केही वर्ष बसेको बताउने राउटेका मुखिया शाहीले पैसा मात्रै नभएर खसी, कुखुरा र नयाँ कपडा दिए पनि लैजाने बताए । “हामी तीन जना मुखिया छौँ । जनता २०० छन् । हामीले जनतासँग कुरा गरेर माग्न आएका हौँ ।” सरकारले मासिकरुपमा दिँदै आएको रु दुई हजार निकै थोरै भएको उनले गुनासो गरे । 

राउटेका मुखिया नारायणबहादुर शाहीसँग १४ वर्षीय बिर्खे शाही र दलाल शाही पनि साथमै थिए । उनीहरुले घोराही उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिलगायतका कार्यालयमा पुगेर सहयोग जुटाएका थिए । सामाजिक जीवनबाट टाढा रहेका राउटेहरु अझै पनि शिक्षा र स्वास्थ्यबाट टाढा छन् ।

Global Ime bank

सुर्खेतबाट दाङसम्म आर्थिक सहयोग माग्न आएका राउटेलाई घोराही उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयले सहयोग गरेका छन् । राउटेलाई घोराही उपमहानगरपालिकाका प्रशासकीय अधिकृत ऋषिराम केसीले रु २० हजार नगद दिएको थियो भने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले रु सात हजार नगद र सुर्खेतसम्मको गाडी भाडाको व्यवस्था गरेका थिए । - रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC