site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाँके र तनहुँका घटना सत्ता संरक्षित मण्डले प्रवृत्तिः कांग्रेस
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसले बाँके र तनहुँमा भएका घटनालाई ‘सत्ता संरक्षित नवमण्डले प्रवृत्ति’ का रुपमा टिप्पणी गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेको कांग्रेसले बाँकेमा जिल्ला सभापति किरण कोइरालामाथिको आक्रमण र तनहुँमा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालमाथि भएको आक्रमणको प्रयासलाई ‘सत्ता संरक्षित नवमण्डले प्रवृत्ति’ का रुपमा टिप्पणी गरेको हो । 

“बाँकेमा कांग्रेस जिल्ला सभापति किरण कोइरालामाथिको आक्रमण र तनहुँमा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालमाथिको आक्रमण प्रयास नवमण्डले चरित्रको प्रकट स्वरुप हो,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, “यसबीचमा फरक विचार प्रस्तुत गरेकै आधारमा चितवनमा एक युवामाथि गरिएको सांघातिक हमला पनि निन्दनीय छ ।”

Agni Group

पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान चलिरहेका बेला मुलुकका विभिन्न भागमा भएका विभिन्न संघ–संस्थाहरुको निर्वाचन परिणाम आप्mनो विपक्षमा आएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आक्रोश पोख्न बाँके र तनहुँमा आक्रमण कांग्रेसमाथि आक्रमणमा उत्रिएको कांग्रेसले दाबी गरेको छ । 

“जागरण अभियान चलिरहेकै समयमा देशका विभिन्न भागमा विभिन्न संस्थाहरुको निर्वाचन परिणाम सत्तारुढ समर्थनको विपक्षमा र नेपाली कांग्रेसनिकट उमेदवारहरुको पक्षमा प्राप्त भए,” प्रवक्ता शर्माले भने, “कांग्रेसको पक्षमा रुपान्तरित हुँदै गएको जनमतलाई ती निर्वाचनको परिणामसँगै हजारौंको पार्टी प्रवेशले पुष्टि गरेको छ । यसैका प्रतिको आक्रोश क्रममा बाँके र तनहुँका घटना भएका छन् ।” 

Global Ime bank

पछिल्लो समय नेपाली समाजमा प्रकट भइरहेका अनेक असन्तुष्टि र वितृष्णा मूलतः वर्तमान सरकारको डेढ वर्षे क्रियाकलापको उपज भएको कांग्रेसको ठहर छ । अवस्थाप्रतिको वितृष्णालाई व्यवस्थाकै विरुद्ध प्रचारित हुन नदिन गम्भिर जवाफदेहिता राख्नुपर्ने दायित्व बोकेको सरकार र सत्तारुढ पार्टीको व्यवहार परिमार्जन तर्फ नभएर प्रतिकारतर्फ लक्षित हुनु अत्यन्तै दुःखद भएको कांग्रेसले बताएको छ । कांग्रेसले रगत पसिना बगाएर बहुमत दिलाउने कार्यकर्ताहरुलाई नवमण्डलेकरणको दिशामा नधकेल्न सत्तारुढ नेकपाको नेतृत्वलाई आग्रहसमेत गरेको छ । 

कांग्रेसले दोस्रो चरणको अभियानका क्रममा पहिलो चरणको भन्दा दोब्बर मानिसहरुले पार्टी प्रवेश गरेको दाबी गरेको छ । प्रवक्ता शर्माले दोस्रो चरणको अभियानका क्रममा ५३ हजार चार सय ७९ जनाले विभिन्न दल परित्याग गरेर कांग्रेसको सदस्यता लिएको जानकारी दिए । पहिलो चरणमा ३१ हजार छ सय ४२ जनाले कांग्रेसको सदस्यता लिएको कांग्रेसले जानकारी दिएको थियो । प्रवक्ता शर्माले अभियानका क्रममा पार्टी प्रवेश गरेका नव सदस्यहरुका लागि आवश्यक प्रशिक्षणको आयोजना गरिने बताएका छन् ।

कांग्रेसले भदौ २४ गतेबाट असोज ७ गतेसम्म चालेको दोस्रो चरणको जागरण अभियान उत्साहपूर्वक सञ्चालन भएको पनि जनाएको छ । “पार्टीका अन्तरिम संरचनाहरु नहुँदा प्रथम चरणमा जो व्यवहारिक असहजता देखिएका थिए पार्टी विधानको धारा ७२ को उपधारा (४) बमोजिम यस बीचमा प्रायः संरचना निर्माण भएका कारण दोस्रो चरणको कार्यक्रमहरु अझ व्यवस्थित रहे,” प्रवक्ता शर्माले भने, “तीन सय ३० प्रदेशसभा क्षेत्रमा केन्द्रीय प्रतिनिधिको सक्रियता, जिल्ला कार्यसमितिको समन्वय, प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्व र संघीय क्षेत्र, गाउँ–नगर–वडा–टोल तहसम्मको वृहत्तर सहभागिताले पार्टी पंक्तिमा थप जागरण अभिवृद्धि भएको छ ।”

उनले १५ दिनको अवधिमा वडा, गाउँ–नगर, क्षेत्र र जिल्ला तह समेतमा गरी आठ हजारभन्दा बढी कार्यक्रमहरु सम्पन्न भएको जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC