काठमाडौं । सामसङले नेपाली बजारमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ । कम्पनीले ६ हजार एमएएच ब्याट्री, ट्रिपल रियर क्यामरा भएको एम ३० एस फोन नपाली बजारमा भित्र्याएको हो ।
प्रविधि प्रेमी युवालाई लक्षित गरेको ल्याइएको स्मार्टफोनमा ४८ मेगापिक्सलको प्रमुख क्यामरा, ए आई गेम बुस्टर आदि अतुलनीय विशेषता उपलब्ध छन् ।
ग्यालेक्सीका एमलाइनमा रहेका एम १०, एम २० तथा एम ४० माझ यो मोडल पनि थपिएको हो ।
यो फोनमा भएको ब्याट्री एक दिनभन्दा धेरै टिक्छ । यसलाई एकपटक चार्ज गरेपछि २९ घण्टासम्म भिडियो प्ले गर्न, ४९ घन्टा भ्वाइस कल गर्न, १ सय ३१ घन्टाभन्दा बढी म्युजिक प्ले गर्न सकिन्छ । यसमा टाईप सी १५ वाट फास्ट चार्ज पनि उपलब्ध छ । ग्यालेक्सी एम ३० एस ८.९ मीमी पातलो छ भने १ सय ८८ ग्राम यसको तौल रहेको छ ।
‘‘ग्यालेक्सी एममा यस अघि प्रयोग नभएको प्रविधिलाई उपयोग गरिएको छ । यसमा भएको सुपर एमओलेड डिस्प्ले, ४८ मेगापिक्सलको क्यामराजस्ता सुविधाहरुले आजका युवापुस्ताले सहजै मन पराउने छन्,” सामसङ मोबाइल विजिनेस हेड प्रणयरत्न स्थापितले भने ।
ग्यालेक्सी एम ३० एसमा ६.४ इन्च एफएचडी + सुपर एमोलेड इन्फिनिटी यू डिस्प्ले उपलब्ध छ । यसमा वाइडभाइन एलवानको सर्टिफिकेसन छ, जसले उपभोक्तालाई विभिन्न स्ट्रिमिङ प्लेटफर्ममा हाइ डेफिनेसन कन्टेन्ट हेर्न सक्ने सुविधा प्रदान गर्दछ । ग्यालेक्सी एम ३० एसमा ट्रिपल रियल क्यामेरा रहेको छ जसको मुख्य क्यामेरा ४८ मेगापिक्सलको रहेको छ ।
यसमा ८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्स रहेको छ । यो लेन्सले १ सय २३ डिग्री फिल्ड अफ भ्युको साथ उपलब्ध छ र मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो कैद गर्न सक्षम छ । फोनमा ५ मेगापिक्सलको क्यामरा लाइभ फोकस फिचरको साथ उपलब्ध छ । यसमा १६ मेगापिक्सल फ्रन्ट क्यामेरा, सेल्फी फोकस र इन-डिस्प्ले फ्ल्यास पनि रहेको छ ।
ग्यालेक्सी एम ३० एस क्यामेरामा आई ब्याक्ड सेन्स अप्टिमाइजर तथा इन्टिलिजेन्ट फ्ल डिटेक्टर फिचर उपलब्ध रहेको छ । यो फोनले २० प्रकारका सिन पहिचान गर्दछ । यसमा कम उज्यालोमा फोटो खिच्नको लागि नाइट मोड पनि रहेको छ । ग्यालेक्सी एम ३० एसमा उत्कृष्ट भिडियो खिच्न सक्ने क्षमता छ भने भिडियो, सुपर स्लो मो, सुपर स्टेडी र हाइपरल्याप्सको रेकर्ड गर्न पनि सकिन्छ ।
ग्यालेक्सी एम ३० एस मा पूर्ण नयाँ एग्जिनोस ९६११ अक्टा–कोर प्रोसेसर रहेको छ । यसले २.३ गिगाहर्जको गति प्रदान गर्दछ जसकारण गेम खेल्दा होस या अन्य ग्राफिक्स सम्बन्धी कार्य गर्दा उत्कृष्ट कार्य क्षमता प्रदान गर्दछ ।
ग्यालेक्सी एम ३० एस चार जीबी र्याम र ६४ जीबी स्टोरेज तथा छ जीबी र्याम र १२८ जीबी स्टोरेजका साथ उपलब्ध छ । जसको खरिद मूल्य २७ हजार ९ सय ९० र ३३ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ । यो फोन नीलो, सेतो तथा कालो रंगमा उपलब्ध छ ।