site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के एल मोबाइल हबमा नयाँ व्यवस्थापन, चाडपर्वको अवसरमा अफरैअफर
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं चुच्चेपाटीस्थित केएल टावरमा रहेको के एल मोबाईल हबमा नयाँ लगानीकर्ता आएसँगै के एल मोबाईल डिजी डिजिटलको रुपमा सेवा सुरु गरेको छ । नयाँ व्यवस्थापन भित्रिएको उपलक्ष्यका साथै चाडपर्वलाई लक्षित गर्दै केएल मोबाइल डिजी डिजिटलले वाइ वान गेट वान फ्री अफर सुरु गरेको हो । 

मोबाईल डिजि डिजिटलले नेपालीहरुको महान पर्व दसैँ तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी दसैंको बहार हरेक दिन उपहार नामक दशैं धमाका योजना पनि सुरु गरेको छ । असोज १ गते देखि सुरु भएको दसैं धमाका योजना अन्तर्गत केएल टावरमा सपिङ गर्ने तथा के एल मोबाईल डिजिटलमा मोबाइल खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु जित्न सक्नेछन् ।  

Agni Group

बम्पर उपहारमा एक जनालाई यामाहाको एफजेड एसएफआई भी थ्री मोटरसाइकल बितरण गरिने आयोजकले जनाएको छ । दोस्रो उपहार स्वरुप यामाहाकै रे जेड आर स्कुटर वितरण गरिनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ४ रात ५ दिनको बैंकक भ्रमणको प्याकेज उपलब्ध गराइनेछ । 

के एल मोबाईल डिजि डिजिटलमा इलेक्ट्रोनिक सामान जस्तै टिभी, फ्रिज, एसी, मोवाइल, होम अप्लायन्सहरुमा ५० प्रतशितसम्म छुट पाउनेछन् । साथै बाई वान गेट वान फ्रि र शुन्य प्रतिशत व्याजदरमा किस्तावन्दीमा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरु उपलब्ध गराइने मोबाइल डिजी डिजिटलका प्रवन्ध निर्देशक वालकुमार धिमालले जानकारी दिए । 

Global Ime bank

यस्तै हरेक स्मार्ट मोवाईलको खरिदमा मुभी टिकट, कभर, टेम्पर ग्लासका साथै अन्य उपहारहरु समेत वितरण गरिनेछ । दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैंया बराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइनेछ । त्यसैगरी साप्ताहिक रुपमा गोयनका ब्राण्डको रेफ्रिजिरेटर, वासिङ मेशिन, एलईडी टेलिभिज, आईरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ । अफर कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १५, २०७६  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC