नेपालको पर्यटन प्रवर्द्धन, नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन तथा गल्फ खेलको विकासका लागि बाह्रखरी मिडियाले यसवर्ष सगरमाथा क्षेत्रमा गल्फ प्रतियोगिता आयोजना गरेको छ । सम्भवतः संसारकै अग्लो स्थानमा गल्फ प्रतियोगिता हुँदा नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने थाइ एअरको नेपाल र भुटानका लागि महाप्रबन्धक नारिन्तोर्न सुक्कासियम बताउँछन् ।
प्रस्तुत छ, नेपालको पर्यटन प्रवर्द्धन, निजीक्षेत्रको भूमिका र गल्फमा केन्द्रित रहेर उनै सुक्कासियमसँग गरिएको कुराकानीको अनुवादित अंशः
नेपालमा खेलकुद र पर्यटनको सम्भावनालाई कसरी नियाल्नुभएको छ ?
पर्यटन क्षेत्रमा नेपालको निकै ठूलो सम्भावना छ । नेपाल प्राकृतिक सुन्दरता र साँस्कृतिक विविधता भएको मुलुक हो । आठ हजार मिटरभन्दा बढी उचाइका १० वटा हिमाल नेपालमै हुनुले पनि माउन्टनियरिङ, रक, क्लाइम्बिङ तथा साहसिक पर्यटनबाट लोभिने पर्यटक नेपाल आउन आकर्षित हुने गरेका छन् । यसबाहेक नेपालको मौसम, सवैद स्वागत गरिरहने प्रकृतिले नेपाललाई पर्यटक भित्र्याउने अथाह सम्भावना बोकेको मुलुक बनाउँछ ।
यसबाहेक खेल पर्यटन नेपालको अर्को आयाम हो । प्रकृतिको काखमा रहेको नेपालल साँच्चै नै खेलकुदका लागि उचित भूमि बन्न सक्नेमा दुईमत हुन सक्दैन । गल्फ कै कुरा गर्ने हो भने पनि दक्षिण एशिया मै सबैभन्दा उत्तम गल्फ कोर्स नेपालमा छन् जहाँ सुन्दर हिमश्रृंखलालाई पृष्ठभूमिमा राखेर बाह्रैमास गल्फ खेल्न सकिन्छ । रकम क्लाम्बिङ तथा उच्च स्थानमा गरिने साइक्लिङका लागि पनि नोल सबैभन्ला उत्तम गन्तव्य हो ।
गल्फ पनि पर्यटनको आधार कसरी बन्न सक्छ ? अर्थात् हाइ–एन्ड टुरिजममको ?
मैले भनेझैं यहाँ सुन्दर हिमश्रृंखलालाई पृष्ठभूमिमा राखेर बाह्रैमास गल्फ खेल्न सकिन्छ । नेपाल विस्तारै गल्फ पर्यटनको गन्तव्य बन्दै गरेको कुरा सबैलाई अवगतै छ । गोकर्ण गल्फ रिसोर्टमा ७२ पार कोर्स उपलब्ध छन् । यहाँ गल्फ खेल्न आउने विदेशी पर्यटकको संख्या वर्षेनी बढ्दै पनि छ ।
विगतमा कुलीन वर्ग समय बिताउने खेल भनिने गल्फ अहिले नेपालमा स्पोर्टिङ इभेन्टका रुपमा विस्तारै विकास हुन थालेको छ । गल्फका प्रोहरुलाई यहीँ निरन्तर आयोजना हुने विभिन्न प्रतियोगितामा प्रतिसपर्धा गर्ने थुप्रै अवसर सिर्जना हुन थालेका छन् । नयाँ हुनुहुन्छ भने पनि सिक्ने थुप्रै अवसर यहाँ उपलब्ध छन् ।
नेपालभर अहिलेसम्म सातवटा गल्फ कोर्स उपलब्ध छन् जसमध्ये चारवटा राजधानीमै छन् । पर्यटन व्यवसायीका अनुसार गल्फ पर्यटकले दैनिक चारदेखि पाँचसय अमेरिकी डलर खर्च गर्दछन् । यो खर्च औसत पर्यटकले खर्च गर्नेभन्दा सात गुणा बढी हो । एकदशकअघि नेपाल समय बिताउने ठाउँमात्र थियो । अहिले गल्फ बढी व्यवसायीक भएको छ, गल्फ प्रतिस्पर्धामा प्रायोजन पनि बढेको छ भने गल्फमार्फत् गरिने कार्यको उद्देश्य पनि व्यापक रुपमा विस्ता भएको छ र
महंगो खेल भएकाले सबै स्थानीय खेलप्रेमीलाई प्रतिस्पर्धा गर्ने केही समस्या हुनसक्छ । तर, तपाईंले भने झैं गल्फले हाइ–एन्ड पर्यटकलाई पक्कै आकर्षण गर्छ ।
भ्रमण वर्षको पूर्वसन्ध्यामा संसारकै उच्च स्थानमा आयोजना गर्न लागेको गल्फ प्रतियोगितालाई तपाईंले कसरी लिनुभएको छ ?
बाह्रखरी मिडियाले वार्षिक आमन्त्रण कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्दै छ । भ्रमण वर्षको पूर्वसन्ध्यामा गर्न लागिएको यो सकारात्मक कार्य हो । यसबाहेक गिनिज बुक अफ द रेकर्डस्, रिप्लेज बिलिभ इट अर नट तथा बीबीसी, सीएनएन, एपी, रोयटर्सलगायत सञ्चारमाध्यममा यो प्रतियोगिता कभरेज हुन लाग्नुले पनि विश्वमा नेपालको बारेमा निकै सकारात्मक सन्देश जाने विश्वास मेरो छ ।
नेपालको पर्यटन प्रवर्द्धनमा यो प्रतियोगिता ठूलो उपलब्धि हुन सक्नेछ ।
यस्तो किसिमको इभेन्टले विश्वमा कस्तो सन्देश जाला ?
यस्तो किसिमको इभेन्टले विश्वमा नेपालको प्रचारप्रसार हुनेछ । प्रचारप्रसार नै नेपालमा पर्यटक भित्र्याउने एकमात्र आधार हो । किनकी बजारमा नेपाल र नेपालमा रहेको पर्यटकीय गन्तव्यका बारेमा जति धेरै जानकारी हुन्छ, उति धेरै पर्यटक नेपाल भित्रिने सम्भावना बढ्छ ।
पर्यटन क्षेत्रलाई आफैं पनि प्राकृतिक तथा सांस्कृतिक सम्पदा प्रवद्र्धन गर्दै भ्रमणकर्तालाई त्यस्ता सम्पदा अवलोकन तथा अनुभव गराउने माध्यमका रुपमा लिने गरिएको छ । पर्यटन प्रवद्र्धनमार्फत् अवलोकनकर्तालाई सो स्थानमा पुग्नुअघि नै उक्त स्थानको बारेमा जानकार बनाउन सकिन्छ । यही एउटा आधार हो जसले पर्यटकलाई सो स्थानसम्म पुग्न लालायित बनाउँछ ।
बाह्रखरी एभरेस्ट गल्फजस्ता इभेन्टले नेपालमा पर्यटनको सम्भावना तथा गन्तव्यका बारेमा संसारभर जानकारी गराउँछ ।
यो खेलले हाइ–एन्ट पर्यटकलाई आकर्षित गराउने क्षमता राख्दछ । नेपालको पर्यटनसँगै थाइ एअरको पनि प्रचार हुने यो ठूलो अवसर हो । यो प्रतियोगिताले संसारभरका सम्पन्न व्यक्तिहरुको ठूलो जमातलाई नेपाल भित्र्याउँछ । पछि पनि थाइ एअरमार्फत् यस्ता व्यक्तिहरु आउने सम्भावना भएकाले ती व्यक्तिहरुलाई थाइ एअरको
बिजनेस क्लासको यात्रा गराउनका लागि थाइले यस कार्यमा सहकार्य गरेको छ ।
भविष्यमा कसरी सरकारी तथा निजी क्षेत्र मिलेर नेपालको हाइ–एन्ट टुरिजम प्रवर्द्धन गर्न सक्छन् ?
भविष्यमा पनि निजी क्षेत्रले यसरी नै आफ्नो दायित्व वहन गर्नुपर्ने हुन्छ । किनकि देशको पर्यटनको भविष्य निजी क्षेत्रकै काँधमा छ ।
निजी क्षेत्रले आफ्नो नाफाको ठूलो भाग सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने हुन्छ । निजी क्षेत्रले यसरी गरेको लगानीबाट प्रतिफलको अपेक्षा गरेको सुनिन्छ । तर, उनीहरुले प्रत्यक्ष रुपमा नभएर अप्रत्यक्ष रुपमा यस्ता कार्यबाट लाभ लिन सक्छन् । यो कुरा जान्न जरुरी छ ।
पर्यटन एउटामात्र यस्तो क्षेत्र हो जहाँबाट सबैक्षेत्रले परस्पर लाभ उठाउन सक्छन् । प्रत्यक्ष लाभ उठाउन हतार भएकाले यो बुझ्न जरुरी छ । होटल संछ, ट्रेकिङ संघलगायत संस्थासँग मिलेर निजीक्षेत्रका अन्य संस्थाले पर्यटन प्रवद्र्धन गर्न जरुरी छ । उदारवादको यो युगमा राज्यलाई मात्र लगानीको भार सहन निजी क्षेत्रले दिनु हुँदैन । निजी क्षेत्रले स्रोतको संकलन र विज्ञताको परिचालन गर्नुपर्छ ।