site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हिन्दीबाट भाग्छन्, आफू–आफू लड्छन् नेपाली चलचित्रकर्मी
Sarbottam CementSarbottam Cement

काठमाडौं । दसैंमा आफ्नो चलचित्र लगाउन हानाथाप गर्ने नेपाली निर्माता तथा निर्देशक यो दसैंमा भने हच्किए । कारण थियो– हिन्दी चलचित्र ‘वार’ । ‘वार’ दसैंको छेको पारेर रिलिज हुने भएपछि सोही समयको डेट लिएर बसेका नेपाली निर्माता तथा निर्देशक दसैं छोडेर भागे । 

दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छ माया छपक्कै’ दसैं छोडेर तिहारको सम्मुखमा पुग्यो । अशोक शर्माको ‘रातो टीका निधारमा’ दसैं भन्दा अगाडि नै रिलिज भयो । रामबाबु गुरुङको ‘कबड्डी कबड्डी कबड्डी’ पनि ‘वार’ लाग्नु एक हप्ता अगाडि नै प्रदर्शनमा आयो । 

हिन्दी चलचित्र आएपछि लाखापाखा लाग्ने नेपाली चलचित्र आफ्नै चलचित्रसँग भने भिड्न डराउँदैनन् । ठूलै ब्यानर र अपेक्षा गरिएका निर्देशककै चलचित्र एउटै डेटमा रिलिज हुन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उदाहरणका लागि आगामी फागुन ९ लाई लिन सकिन्छ । यो मितिमा चारवटा चलचित्र रिलिज हुने निश्चित भइसकेको छ । फागुन ९ मा दीपेन्द्र के खनालको ‘आमा’, माओत्से गुरुङको ‘दयारानी’, विराज भट्टको ‘साङ्लो’ र मुकुन्द भट्टको ‘लप्पन छप्पन’ आउने भएका छन् । हिन्दी तथा अंग्रेजी चलचित्र पनि आएको खण्डमा चलचित्रको संख्या अझै बढ्नेछ । 

“नेपालमा मिलेर जाऊँ भन्ने भावना छैन । एउटाले रिलिज डेट लिएपछि अर्कोेले पनि त्यही डेटमा लगाउनुपर्छ,” निर्देशक दीपेन्द्र के खनाल भन्छन्, “एउटाले अर्कोलाई डाउन गर्न, खुइल्याउनका लागि भनेर मिटिङका मिटिङ बस्छन् ।” चलचित्र बनाउनभन्दा रिलिज गर्न समस्या रहेको दीपेन्द्र बताउँछन् । 

Global Ime bank

पटकपटक प्रदर्शन मिति सर्दै आएको चलचित्र ‘दयारानी’ निर्देशक माओत्से गुरुङ पनि चलचित्र निर्माणभन्दा पनि प्रदर्शनमा कठिनाई हुने गरेको अनुभव सुनाउँछन् । यसअघि अन्तिम पटक गत साउन ३० गते ‘दयारानी’ रिलिज हुने बताइए पनि सरेर फागुन ९ गते पुगेपछि माओत्से असन्तुष्ट छन् । 

“हामी चलचित्रको सबै काम सकेर बसेकालाई हल छैन तर सुटिङमा नगएकाले हल ओगटेर राख्ने रोग रहेछ नेपाली चलचित्र उद्योगमा,” माओत्से भन्छन्, “यो रोग कहिलेसम्म रहने हो ?” गुरुङ प्रश्न गर्छन् ।

निर्माता तथा कलाकार दीपकराज गिरी हिन्दी चलचित्रकै कारण ‘छ माया छपक्कै’ दसैंपछि पुगेको बताउँछन् । “म किन सरेर दसैंपछि पुगेँ होला त ? महिनामा आधा दर्जन चलचित्र आउँछन् । हिन्दी चलचित्रले दीपकलाई मेरोभन्दा धेरै शो दिइस् भने म अर्को चलचित्र दिन्न भन्छ । हाम्रो धर्तीमा आएर हाम्रो काँधमा चढेर टाउकोमा हान्ने काम भइरहेको छ, हामीमाथि ठूलो अन्याय भइरहेको छ,” दीपक भन्छन् ।   

नेपाली चलचित्र राम्रो बनेनन् भनेर वितरक र हलहरु बताउँदै आएका छन् । “छक्का पञ्जा त राम्रो चलचित्र बनिरहेको छ । किन लखेटेर दशैंपछि पुर्याउनु भयो ? नेपाली चलचित्रलाई उठ्नै दिनुहुन्न उहाँहरु,” गिरी भन्छन्, “राम्रो फिल्म बनाउनेको हालत नेपालमा यस्तो छ । वितरक र हलवालाविरुद्ध मेरो आन्दोलन थियो, छ र भइरहन्छ ।” 

ठूला हिन्दी चलचित्रको मारमा पर्ने नेपाली निर्माता तथा निर्देशक हल सञ्चालक तथा वितरकको पनि मारमा परेको बताउँछन् । बिदाको दिनमा छिनाझप्टी गर्ने नेपाली निर्माता तथा निर्देशक आफैं आफ्नो चलचित्रमा ढुक्क हुन नसक्दा बिदाको मुख ताक्ने गरेको एक निर्देशक बताउँछन् । सार्वजनिक बिदाको दिनलाई प्राथमिकतामा राख्ने गरेकाले एउटै मिति धेरैको रोजाइमा पर्ने गरेको छ ।

“मलाई त मेरो चलचित्रको कन्टेन्टप्रति विश्वास छ, जतिसुकै चलचित्र आए पनि इनिसियल बिजनेश नहोला । अन्ततः माउथ पब्लिसिटीका कारण दर्शक तानिन्छन्,” निर्देशक दीपेन्द्र भन्छन्, “तर एउटै डेटमा आउनुभन्दा सल्लाह गरेर फरकफरक डेटमा आउँदा राम्रो हुन्छ ।”
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC