site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आणविक वार्ता असफल भएको उत्तर कोरियाको दाबी अमेरिकाद्वारा अस्वीकार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आणविक वार्ता असफल भएको उत्तर कोरियाको दाबी अस्वीकार गरेको छ । अमेरिकाले राम्रो छलफल भएको बताएको छ । 

यसअघि उत्तर कोरियाले अमेरिकाले वार्ताका टेबलमा सहमतिका लागि केही नल्याएको आरोप लगाउँदै वार्ता भंग भएको बताएको थियो । वार्ताका लागि दुबै देशका अधिकारीहरु शनिबार स्वीडेनको स्टकहोम पुगेका थिए। 

उत्तर कोरियाले मिसाइल परीक्षण गरेको अर्को दिन नै उनीहरु छलफलका स्वीडेन पुगेका थिए । यसअघि जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता उनबीच कोरियाली गैरसैन्य इलाकामा भएको भेटका क्रममा ओपचारिक वार्ताका लागि पहल गर्ने विषयमा छलफल भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उत्तर कोरियाको राजदूतावास भएको क्षेत्र स्टकहोमको लिन्डिगोमा उत्तर कोरियाका किम म्योङ गिल र उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिफेन बाइगनले वार्ता टोलीको नेतृत्व गरेका थिए । 

छलफलपछि शनिबार सञ्‍चारकर्मीसँग कुरा गर्दै उत्तर कोरयाली किम म्योङले भने, "अमेरिकासँगको छलफलले हाम्रो अपेक्षा पूरा गर्न सकेन र अन्तत: वार्ता भंग भयो ।" 

Global Ime bank

उनले अमेरिकाले गरेको अफर अनसार लचक हुन नसकेको र नयाँ तरिका र सिर्जनात्मक समाधानको कुनै विकल्प नदिएर आफूलाई निकै निराश पारेको बताए । 

उत्तर कोरियाको प्रतिक्रियापछि अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले सिर्जनात्मक समाधान प्रस्तुत गरेको र उत्तर कोरियाले भनेको जस्तो वार्ता असफल नभएको दाबी गरेकी थिइन् । विज्ञप्तिमा भनिएको छ, "समकक्षी उत्तर कोरियासँग साढे आठ घण्टाको छलफल राम्रो भएको र अमेरिकाले सिर्जनात्मक समाधान अफर गरेको थियो ।" 

उत्तर कोरियाली आणविक निःशस्त्रीकरणका विषयमा सन् २०१८ र यसैवर्षको जनवरीमा पनि स्वीडेनमा भएका थिए । भियतनामको हनोईमा सम्पन्न दोस्रो उच्चस्तरीय वार्ता भंग भएपछि दुबै देशबीच औपचारिक वार्ताहरु हुन सकेका थिएनन् ।

उत्तर कोरियाले वार्ताका लागि दबाब सिर्जना गर्न क्षेप्यास्त्र परीक्षण र नयाँ हातहतियारको प्रदर्शनीलाई निरन्तरता दिइरहेको छ । विज्ञहरुले उत्तर कोरियाली यस रणनीतिले केही फाइदा पुगेको बताएका छन् । 

उत्तर कोरियाले गत बुधबार पनि निकै ठूलो रकेट परीक्षण गरेको थियो ।   तर उत्तर कोरियाले जल पनडुब्बीबाट नयाँ हातहतियारको सफल परीक्षण गरी आफूहरु हतियारको विकासका सन्दर्भमा नयाँ युगमा प्रवेश गरेको जनाएको छ । तर अमेरिकी रक्षा मन्त्रालयले उत्तर कोरियाले पनडुब्बीबाट नभई समुद्री सतहबाट क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियाले गरिरहेका सानातिना हतियार परीक्षणबाट अमेरिकालाई खासै प्रभाव नपर्ने बताउँदै वार्ताका लागि तयारी भएको बताएका थिए । -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC