site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पहिलोपल्ट नेपाल र चिनियाँ सरकारी कम्पनी मिलेर आयोजना बनाउने
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रदेश नं. १ मा रहेको रणनीतिक महत्वको तमोर जलविद्युत् आयोजना नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा निर्माण गर्ने प्रस्ताव गरिएको छ । नेपालको सरकारी कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र चीनको सरकारी कम्पनी पावर चाइनाको संयुक्त लगानीमा सात सय ६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना निर्माण गर्ने तयारी गरिएको हो ।

प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डमा पेश गरिएको प्रस्तावमा एचआईडीसीएल र पावर चाइनाले विभिन्न ढाँचा प्रस्ताव गरेको छ । एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार लामो समयदेखि चर्चामा रहेको तर प्रक्रिया अगाडि बढ्न नसकेको तमोर जलाशययुक्त आयोजनालाई सरकारी–सरकारी कम्पनीबीचको साझेदारीमा अगाडि बढाउने गरी प्रस्ताव गरिएको हो ।

नेपाल र चिनियाँ सरकारी कम्पनीबीचको सहकार्यमा आयोजना प्रस्ताव गरिएको भने यो पहिलो पटक हो । हालसम्म यो ढाँचामा आयोजना निर्माण भएका थिएनन् । नेपाल र चीनको निजी कम्पनीको सहकार्यमा सिनो सगरमाथा हाइड्रो पावरले लमजुङमा ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । तर, सरकारीस्तरमा नै आयोजना निर्माणका लागि सरकारी कम्पनीस्तरको प्रयास भने यो पहिलो पटक हो ।

Agni Group

बोर्डमा गरिएको प्रस्तावमा पनि दुई वटा ढाँचा प्रस्तुत गरिएको छ । त्यसमा नेपाली साझेदार र सर्वसाधारणको ४६ प्रतिशत तथा पावर चाइनाको ५४ प्रतिशत लगानी हुने गरी प्रस्ताव गरिएको छ । यस्तै दोस्रो प्रस्तावमा एचआईडीसीएल, नेपाली लगानीकर्ता र सर्वसाधारणको गरी कूल ७१ प्रतिशत लगानी रहने प्रस्ताव गरिएको छ । त्यसमा पावर चाइनाको मात्रै २९ प्रतिशत लगानी हुने प्रस्ताव गरिएको छ ।

सरकारले प्रस्ताव गरेअनुसार प्रदेश नं १ को ऊर्जा सुरक्षाका लागिसमेत महत्वपूर्ण मानिएको सो आयोजनालाई सरकारी कम्पनीस्तरमा नै अगाडि बढाउने गरी प्रस्ताव गरिएको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत पोखरेलको भनाइ छ ।

Global Ime bank

आयोजनाको ऋण व्यवस्थापन तथा अन्य कार्य पावर चाइनाले गर्नेछ । सोही अनुसार नै प्रस्ताव गरिएको पोखरेलको भनाइ छ । सार्वजनिक निजी साझेदारीमा आयोजना निर्माण गर्ने गरी प्रस्ताव गरिएको हो । सो आयोजनालाई पूर्वको मोतीका रुपमा समेत ऊर्जा क्षेत्रमा लिने गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मातहत रहेको एचआईडीसीएलले निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ । गत चैत १५ र १६ गते  सम्पन्न भएको लगानी सम्मेलनमा ऊर्जातर्फ सोही आयोजनाका लागि दुई वटा प्रस्ताव प्रस्तुत भएको थियो । सो आयोजनाको अनुमानित लागत एक खर्ब ८० अर्ब रुपैयाँ जति लाग्नेछ ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि मात्रै के कति लगानी लाग्ने हो त्यसको पुष्टि हुनेछ । बोर्डमा भएको प्रस्तावको अध्ययन भइरहेको छ । प्रस्तावको अध्ययन भइरहेको भन्ने जानकारी आफूहरुले पाएको प्रमुख कार्यकारी अधिकृत पोखरेलको भनाइ छ ।

गत साउन १६ गतेको बोर्ड बैठकले एचआईडीसीएल तथा पावर चाइना संयुक्त र कतारको नेब्रस पावर तथा  जापानको फुजी इलेक्ट्रिकलाई छनोट गरी प्रस्ताव माग गरिएको थियो । हाल उक्त प्रस्तावमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा गठित समितिले मूल्याङ्कन गरिरहेको र बोर्ड बैठकमा पेश भएपछि आवश्यक निर्णय हुनेछ ।

लगानी सम्मेलनमा आएको प्रस्तावका आधारमा आवश्यक निर्णय हुनेछ । आयोजना निर्माणपछि हाल निर्माण भई सञ्चालनमा आइसकेको एक र निर्माणाधीन आयोजनासमेत विस्थापित हुनेछ । ऊर्जा उत्पादनको हिसाबले बूढीगण्डकी जलविद्युत् आयोजनाको हाराहारीमा नै सो आयोजनासमेत रहेकाले पनि आकर्षक आयोजनाको रुपमा लिइन्छ ।

आयोजना विशेष गरी पूर्वी नेपालको पाँचथर, ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्ला प्रभावित हुनेछ । बूढीगण्डकी जलविद्युत् आयोजनामा करिब ५० हजार बासिन्दालाई क्षतिपूर्ति दिएर हटाउनुपर्ने अवस्था रहेको छ । तमोरमा भने असाध्यै कम मात्रै क्षतिपूर्ति दिनुपर्ने अनुमान गरिएको छ । यद्यपि पछिल्ला दिनमा नदी किनारमा बस्ती बस्ने प्रचलन बढेकाले पनि तमोर जलाशययको आसपासमा समेत बस्ती बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  १०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC