site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नारी अस्मिता र लोकतन्त्रका दुशासन

महाभारतमा द्रौपदीलाई सुशिक्षित, साहसी र तेजस्वी महिलाका रूपमा चिनाइएको छ । तर, अहिलेको समाजले त उनका पाँच पति थिए भनेर जान्छ । द्रौपदीकोे जीवनमा यस्ता धेरै घटना तथा परिघटना छन् जहाँ उनले ऐतिहासिक निर्णय गरेकी थिइन् । धर्मराज, सत्यवादी तथा सशरीर स्वर्ग प्रस्थान गरे भनिएका युधिष्ठिरले जब जुवामा सहदेवलाई हारे, नकुललाई हारे, अर्जुनलाई हारे, भीमसेनलाई हारे, आफूलाई पनि हारे अनि द्रौपदीलार्ई समेत जुवाको दाउमा लगाए । कपट जुवामा उनले द्रौपदीलाई पनि हारे । विडम्बना, हारको सबैभन्दा धेरै सजाय भने द्रौपदीले सहनु परेको थियो । किन ?

जुवामा आफूले जितेकी द्रौपदीलाई कुरु सभामा ल्याउन दुर्योधनले आफ्ना सेवक प्रतिकामीलाई पठाए । द्रौपदीले भनिन्– म रजस्वालामा छु, एक वस्त्रमा छु । यस्तो अवस्थामा मैले सभामा जान हुँदैन । युधिष्ठिरले आफैँलार्ई जुवामा हारेपछि मलाई जुवामा दाउ लगाउने हैसियत राख्छन् र ? जाऊ ! बरू कुरू सभालाई सोध । 

प्रतिकामी सभामा फर्कन्छन् र भन्छन् – युधिष्ठिर आफैं हारेपछि उनले द्रौपदीलाई जुवामा हार्न सक्छन् भन्दै द्रौपदीले सोधेकी छन् । उनी यहाँ आउन मानिनन् । कुरू सभा मौन हुन्छ । दुर्योधनले भने – यो दासी बढ्ता बोल्छे भन्दै जा त्यसलाई समातेर ले भन्दै फेरि आदेश दिन्छन् । तैपनि, द्रौपदी आउन मान्दिनन् । दुर्योधन रिसाउँदै घिसारेर भए पनि लिएर आउन आफ्ना भाइ दुःशासनलार्ई पठाउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

दुःशासनले एक वस्त्रमा रहेकी द्रौपदीलाई घिसार्दै सभामा ल्याउँछन् । एक वस्त्रा, लज्जित द्रौपदीले सभामा भन्छिन्– के जुवामा आफूलाई नै हारेका युधिष्ठिरले मलार्ई दाउमा थप्न पाउँछन् ? कुरू सभामा सबै स्तब्ध हुन्छन् । द्रौपदी आक्रोशित हुँदै भन्छिन् – यस सभाको सबैभन्दा आदरणीय, सम्माननीय, वयावबृद्ध, ज्ञानी तपाईँ भीष्म पितामह हुनुहुन्छ । तपाइँ भन्नुहोस्, के जुवामा हारेका युधिष्ठिरले मलार्ई हराउन पाउँछन् ?

भीष्म पितामह भन्छन् – स्त्री पतीकै सेविका हुन्छे । पतिकै दासी हुन्छे । तर, आफैँलाई हारी सकेका पतीले हार्न सक्छ कि सक्दैन भन्न सकिएन । पत्नी पतीको दासी हुने भएकाले दास पतीको पत्नी पनि दासी हुने नै भई । तर यसमा म अनुत्तरित छु, धर्मका तत्त्व अति सूक्ष्म हुन्छ । त्यसैले यसको उत्तर दिन गाह्रो छ । 

Global Ime bank

दुर्योधन कराउँदै भन्छन्– दासकी पत्नी दासी हुन्छे । यो अब दासी भइसकी । यसलाई मेरो काखमा राख । यसको वस्त्र उतार । तिमीहरू के भन्छौ भन्दै दुर्योधनले पाण्डवलाई लल्कार्छन् । पाण्डव घोसे मुन्टो लगाउँछन् । कोही केही बोल्न सक्तैनन् । दुर्योधन र दुःशासनले द्रौपदीको अपमान गर्छन् । उनीमाथी अत्याचार गर्दछन् । सिंगो कुरू सभा स्तब्ध हुन्छ । कुरू सभाका सम्माननीयहरू मौन हुन्छन् । द्रौपदीको चीरहरण गरिन्छ । द्रौपदी चिच्याउँदै भन्छिन् – पाप अदण्डित रहँदैन ! तिमिहरूले दण्ड भोग्नै पर्छ ! तिमीहरूको विनाश हुन्छ ! हुन्छ ! अवश्य हुन्छ !  

भो भो, यो अति भयो भन्दै नेत्रहीन धृतराष्ट्र कराउँछन् । रोक, रोक, द्रौपदीको अपमान नगर । यिनलाई छोड भन्दै आदेश दिन्छन् । द्रौपदी तिम्रो प्रश्नको उत्तर कसैले दिन सकेन । मैले तिम्रो अपमान रोक्न सकिन । म लज्जित छु ।  किन मेरो बुद्धी अघि आएन भन्दै पछुतो मान्छन् । भन, द्रौपदी । तिमीलार्ई के चाहियो ? के बरदान माग्छ्यौ ? भन । म पूरा गर्छु । 

द्रौपदी भन्छिन् – मलाई के वरदान चाहियो र ! मेरा यी नालायक पतिहरूलाई मुक्त गरिदिनुहोस् । (स्मरणीय छ, द्रौपदीले यस्तो संकटमा पनि आफूलाई कमजोर देखाउँदिनन् ! ) । धृतराष्ट्रले ल तिम्रा पतीहरूलाई मैले मुक्त गरिदिएँ दोस्रो वर माग भन्छन् । मद्रौपदी भन्छिन् – मेरा लागि केही माग्नु छैन । तर, यी नालयक पतिहरूले जुवामा हारेका हातहतियार र यिनका शरीरबाट खोसिएका वस्त्रमध्ये एकसरो फर्काई दिनुहोस् । धृतराष्ट्रले यो वरदान पनि पूरा भयो भन्छन् । 

तेस्रो वरदान माग । तिम्रा पतीले जुवामा हारेका राज्य माग । म पूरा गर्दिन्छु, भन्छन् । अहँ, म तेश्रो वरदान माग्दिन । यसो गर्नाले म लोभी देखिन्छु । ममा लालच देखिन्छ । कसैले दियो भन्दैमा एकपछि अर्को माग्नु हुँदैन । यी मेरा पाँच पति झनै नामर्द देखिन्छन् । त्यसैले म राज्य फिर्ता होस् भनेर वरदान माग्दिन । सके भने यी कायरले राज्य लडेर लेलान । सकेनन् भने मलाई यो राज्य चाहिँदैन ।       

महाभारतका वीर योद्धा कर्णले द्रौपदीलाई सधैँ निन्दा गर्थे । अपमान गर्थे । उनैले द्रौपदीको हिम्मत र आत्मविश्वास देखेर भने – द्रौपदी अब तिमी साधारण नारी रहिनौ । तिमी असाधारण नारी भयौ । नदीमा डुबी सकेका तिम्रा नामर्द पतिलाई तिमीले नाउ बनेर तार्यौ । 

आजको लोकतन्त्रमा सयौं रोसनीको इज्जत लुटिएको छ । सयौं निर्मलाको बलात्कार गरी हत्या गरिएको छ । महिला अधिकार र मुक्ति लागी जीवन बलिदान गर्न पनि पछि नपर्ने भनेर कुर्लीकुर्ली सयौंपल्ट भाषण गर्ने नेता तथा नेतृहरू आज चुपचाप छन् । यिनले भाषण गर्दा परर ताली बजाउने दुःशासनहरू पीडकको पक्षमा स्याल हुँइया गर्दैछन् । जब महिला मुक्ति राजनीतिक दल सत्तामा जाने भ¥याङ हुन्छ तब बलात्कारका यस्ता नृशंस घटना भइरहन् । सत्यको पक्षमा बोल्नुभन्दा इमान जमान बेचेर सत्ताको चास्नीमा डुबुल्की मार्न तत्पर हुन्छन् । जुन समाजमा दुःशासनको प्रशंसा हुन्छ त्यहाँ विकर्णलाई कसैले चिन्दैन । महाभारतका अर्का गुमनाम पात्र दुर्याेधनका भाइ विकर्ण हुन् जसले कुरू सभामा द्रौपदीको चीरहरण हुँदा विरोध गरेका थिए ।        

महाभारतमा भीष्म पितामहलाई गंगा पुत्र भनेर चिनिन्छ । महाराजा शांतनु भीष्म पितामहका बाबु हुन् । शांतनु सत्यवतीको रूप र सौन्दर्यप्रति आशक्त थिए । सत्यवतीलाई बिहे गर्न चाहन्थे । तर, सत्यवती शांतनुसँग बिहे गर्न तयार थिइनन् । सत्यवतीको माग उनकै सन्तानले राजकाज पाउनुपर्ने भन्ने थियो । शांतनुले हुन्छ भन्न सकेका थिएनन् । 

वृद्ध पिता शांतनुको कामाशक्तिका लागि तन्नेरी छोरा देवब्रतले राजकाज त्याग्दै आजीवन ब्रम्हाचारी रहने (अस्वभाविक?) प्रतिज्ञा गरे र बाउ शांतनुको सत्यवतीसँग विवाह गराए। हस्तिनापुरको संकटको  प्रारम्भ यहीँबाट भएको थियो । भीष्मले पिताको वासनाका लागि गरेको प्रतिज्ञाले अन्ततः हस्तिनापुरकै अपकार गर्यो । लोकतन्त्रमा नेता जब शांतनु बन्छन् र कार्यकतालाई दुःशासन बनेर प्रतिकार गर भन्छन् त्यसले अन्ततः लोकतन्त्रलाई नै समस्यामा धकेल्छ । 

सम्माननीय सभामुखले असमान्य हर्कत गरे । उनकै मातहतकी एउटी कर्मचारीलार्ई यौन शोषण, कुटपिटको आरोप लाग्यो ।  सार्वजनिक भएका समाचारअनुसार असह्य  भएपछि महराको हर्कतलाई बाहिर ल्याउन र न्याय पाउने विश्वासमा पीडित महिलाले नेतृहरूलाई भनिन् । प्रहरीलार्ई फोन गरिन् । सभामुखको दलका महिला नेतृहरूले बोल्ने हिम्मत गर्न सकेनन् । अन्य दलका महिला नेतृ र पत्रकारले हिम्मत गरे । घटनालाई बाहिर ल्याए ।

यो घटना अजंगको ढुंगोले एउटा पुतलीलाई किचे सरहको थियो । यस्ता घटनालाई दलका दुःशासनहरुले साथ दिनु सामान्य प्रचलनजस्तै भएको यस समाजमा सम्माननीयबाट महिला पीडित हुँदा समाज पनि विभक्त हुने नै भयो । दुःशासनहरु सल्बलाउने नै भए । 

पीडित महिलाले यसबाट छुटकारा पाउन ४८ घन्टासम्म डटेर रहिन् । दुःशासनका धम्कीलाई निस्तेज गर्दै डटिरहँदा जब सबैभन्दा नजिकका जीवनको सहारा भनिएका पतिको आडभरोसाको भ्रम टुट्यो । आफ्नो (पुरूषत्वको) बेइज्जत भएको भनेर तनाबमा रहेकी पत्नीसँग पारपाचुके गरेको भनेर भट्याए । यसरी भट्याउनेले वर्षौंसम्म के हेरेर बसेका थिए ? कुन लालचमा परेरे या तमासा गरेका थिए । थाहा नपाएको अभिनय किन गरे ? यस्तालाई किन यो समाजले कुनै प्रश्न साध्दैन ? 

राज्य भनेको सबै जनताको अभिभावक हो । एउटी नारीको अस्मिता ‘सम्माननीय’ले लुट्दा  अरूको सरोकारको विषय बन्दैन ? राष्ट्रपती, प्रधानमन्त्री तथा पूर्व सम्माननीय ज्यूहरू !  के तपार्इँहरूको कुनै दायित्व छैन ? किन यो यौन शोषणको विरोध गर्नु हुन्न ? महरालाई गिरफ्तार गरेर कानुनी कार्यबाही अगाडि बढाउन किन आदेश दिनुहुन्न ? ती अभियुक्तलाई गिरफ्तार गर्न के नेपालको कानुनले रोकेको छ ? यस्ता अपराधमा नेपाल प्रहरीले कयौं आरोपितलाई गिरफ्तार गरेर मुद्दा चलाईएका उदाहरण हजारौं छन् । तर महरालाई किन गिरफ्तार गरिदैन ? 

महाभारतका सम्माननीयहरूले द्रौपदीको चीरहरण जोगाउन सकेनन् । कसैमाथि विनाकारण हिंसा थोपर्दा पाइने त विद्रोहमात्रै हो । द्रौपदीले आफूमाथि भएको हिंसा, अपमानको बदला लिने उद्घोष गरेकी थिइन ।् जब अन्तिम अवस्थामा युद्ध रोक्न शान्ति वार्ताका दूत भएर हस्तिनापुर जान लाग्दा द्रौपदीले कृष्णलाई भनेकी थिइन् – अपमान मेरो भएको छ । जबसम्म दुःशासनले जगल्टा्याएको मेरो कपाल दुशासनको रगतले कोरिन्न तबसम्म यी कपाल यतीकै रहने छन् । नलडुन् यी पाँच पाण्डव । मेरा पाँच छोरा लड्छन् । मेरा माइती लड्नेछन् कौरवका विरूद्धमा । शान्तिवार्ता गराएर आयौ भने म मान्ने छैन । भनिन्छ, महाभारत युद्ध हुनु पछाडिका प्रमुख कारणमध्ये एउटा कारण यहि हो ।

अन्तत्वोगत्वा महाभारत युद्ध भयो । पाण्डवले लडाइँ जिते । मृत्यु शैयामा रहेका भीष्म पितामहसँग ज्ञान माग्न पाण्डवहरू जान्छन् । भीष्म पितामहलाई धर्मको तत्त्व बताइदिनुहोस् भन्दै पाण्डवले आग्रह गर्दछन् । द्रौपदी हाँछिन् र भन्छिन् पितामहलाई धर्मको तत्त्व त कुरू सभामा मेरो चरीहरण गरिंदा सोधेको थिएँ । उनले धर्मको तत्त्व अति सूस्क्ष्म हुन्छ, म जवाफ दिन सक्तिन भनेका हैनन् र ? तिमिहरू के सोध्छौ यिनै भीष्म पितामहलाई ! 

यस्ता महान ज्ञानी, वयोवृद्धलाई अपमान गर्ने भन्दै भीम द्रौपदीसँग रिसाउँछन् । भीमलाई थमथमाउदै भीष्म पितामह भन्छन् ¬– तिमी चुम लाग !  हो, त्यतिखेर मैले बोल्न सकिन । मेरो खानपान सबै कौरवबाट चलेको थियो । अहिले मेरो शरीरमा अन्न छैन । म सत्य बोल्न सक्दछु । द्रौपदीले भनेको सत्य हो । मृत्यु शैयामा रहेका सम्माननीय भीष्म पितामहले ढिलै भए पनि सत्यलाई स्वीकारे तर महाभारत युद्धको क्षतिलाई रोक्न सकेनन् । 

अहिलेका लोकतन्त्रका सम्माननीयहरूको खानपान हाम्रा करले चलेको छ । कामना गरौं, यिनिहरुको खानपानमा भ्रष्टचारीको भरथेग छैन । यिनले समयमा नै सत्यलार्ई स्वीकार गर्न सकून् । पीठितलाई यिनले न्यायको अनुभूत गराउन सकून । अपाराधीलाई कानुनको दायरामा ल्याउन नेपाल आमाले यिनलाई सत्बुद्धी प्रदान गरून् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC