site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चिनियाँ मिडियामा जेएनयूका प्राध्यापकको टिप्पणी- सी र मोदीको भेटघाटमा नेपाल प्रसंग पनि आउन सक्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ्को नेपाल र भारतको भ्रमणमा विवादका विषयमा कुरा नहुने बरु आर्थिक मामिला र दक्षिण एसियामाजनस्तरको सम्बन्ध बढाउने बारेमा केन्द्रित हुने चिनियाँ सञ्चार माध्यममा समाचार प्रकाशित भएको छ । 

चिनियाँ राष्ट्रपतिले गर्न लागेको नेपाल र भारतको भ्रमणका बारेमा चीनको साउथ चाइना मोर्निङ् पोस्टले समाचार प्रकाशित गरेको छ । तर, समाचारमा राष्ट्रपतिको भ्रमणको तिथी भने भारतीय पत्रिकालाई उदृत गर्दै अक्टोबर ११ देखि १३ को बीचमा भारत जाने उल्लेख गरिएको छ । भारत भ्रमण सकिएपछि दुई दिने भ्रमणका लागि उनी नेपाल आउने अहिलेसम्मको कार्यतालिका रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनको भ्रमणको औपचारिक तालिका अझै सार्वजनिक गरिएको छैन । सीले यो हप्ता बेइजिङ्मा पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पनि भेट्ने कार्यक्रम रहेको चिनियाँ सञ्चार माध्यमको समाचारमा जनाइएको छ ।

जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) का प्राध्यापक गीता कोछरलाई उदृत गर्दै समाचारमा भ्रमणका क्रममा व्यापार सम्बन्धलाई अझ प्रगाढ बनाउने र क्षेत्रीय रुपमा विस्तृत आर्थिक साझेदारीमा कुरा हुन सक्ने जनाइएको छ । १६ देशबीचको प्रस्तावित स्वतन्त्र व्यापार सम्झौताका विषयमासमेत सो अवसरमा कुरा हुनसक्ने उनले बताएकी छन् ।

Global Ime bank

सो समाचारमा नेपालमा राजतन्त्र भएका बेलामा यसअघि चिनियाँ राष्ट्रपतिको भ्रमण भएकोमा अहिले नेपाल कम्युनिस्ट पार्टीको सरकार भएको बेलामा चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लाग्दा नेपालमा सरकारमा रहेका मानिसहरु निकै उत्साहित भएको समेत जनाइएको छ । 

नेपालले बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआइ)मा हस्ताक्षर गरेको प्रसंगलाई भारतले चासो देखाएको उल्लेख गर्दै नेकपा र चीनको कम्युनिष्ट पार्टीबीचको हालैको सहमतिको विषयको पनि चर्चा गरिएको छ । गएको सेप्टेम्बर २३ देखि २४ सम्म भएको सी जिनपिङ्ग बिचार सम्बन्धी प्रशिक्षण कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सामेल भएको समाचारमा उल्लेख छ । चीन र नेपालको सत्तारुढ पार्टीबीच भएको सहमतिको विषय सी र भारतका प्रधानमन्त्री मोदीको बार्ताका क्रममा पनि उठ्न सक्ने जेएनयुका प्राध्यापक कोछरले बताएकी छन् । 

उनले भारतको दक्षिण एशियामा रहेको चासोबारेमा उसले चीनसँग कुरा राख्न सक्ने समेत कोछरको भनाई रहेको छ । भ्रमणका क्रममा चीनका राष्ट्रपतिले आफुलाई क्षेत्रीय  र विश्वव्यापी नेताको रुपमा प्रस्तुत गर्ने  सम्भावना रहेको जनाइएको छ । चीनले अव विवादका कुरा भन्दा पनि आर्थिक विकासका कुरामा ध्यान दिने सम्भावना रहेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  १०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement