site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रधानमन्त्रीको सन्देश- सभ्य ढंगले दशैं मनाऔं
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा सबै अग्रसर हुनुपर्ने बताएका छन् । वडादशैंको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाल राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा रहेको स्मरण गराएका छन् । उनले भनेका छन्,‘‘यस यात्रामा हामीले समृद्धि सँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकासपनि गर्नुछ ।यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ ।”
 
उनले भनेका छन्,‘‘ सुखी नेपालको राष्ट्रि«य आकांक्षा पूरागर्ने अभियानमा छौँ । यसअभियानमा यो दशैंले हामी सबैमा प्रेरणा पनि दिन सकोस्।”

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीले दशैं मनाइरहँदा स्वास्थ्य, मित्रता, सामाजिक शान्तिलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै सन्देशमा चाडपर्वमा आफूले गर्ने व्यवहारका कारण कसैलाईपनि प्रतिकूल असर पार्नु नहुने कुरामा जोड  दिएका छन् ।  छिमेकीलाई प्रतिकूल असर नपरोस भनेर ध्यान दिने, परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया ममता र सद्भाव फैलियोस भन्नेतर्फ सबैको ध्यान हुनु जरुरी भएको समेत जनाएका छन् । यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस र जान सकोस भन्ने कुरामा ध्यान दिन जरुरी भएको प्रधानमन्त्रीले जनाएका छन् ।

प्रधानमन्त्री ओलीले चाडहरु बढी खर्चालु नबनाउन सबैलाई आग्रह् गर्दै भनेका छन्,“हामी आफ्नो गच्छे भन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ। यसमापनि ध्यान दिन जरुरी छ । ” 

Global Ime bank

प्रधानमन्त्री ओलीले भनेका छन् “हामी नेपालीको  महान र   परम्परागत चाड वडा दशैंका उपलक्ष्यमा देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक एवं मंगलमय शुभकामना व्यक्त गर्दछु । ”

प्रधानमन्त्री ओलीले दशैं लामो समय देखि हामीले मनाउँदै आएको एकता र पुनःमिलनको चाड भएको उल्लेख गर्दै भनेका छन्,‘‘दशैं आफन्तहरुको बीचमा, छिमेकीहरुका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकताकासाथ मनाइने चाड हो ।” 

‘‘यो चाड आफूभन्दा ठूलाहरुबाट आशीर्वाद लिने सानाहरुलाई आशीर्वाद एव ंस्नेह दिने मानवीयताको चाड हो। यस चाडलाई सकेसम्म भव्यताकासाथ मनाऔँ। भव्यताकासाथ मनाइरहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्ने पनि आवश्यकता छ”,प्रधानमन्त्रीले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC