दसैंमा छोरी भएर जन्मिएको भए हुन्थ्यो भन्ने लाग्थ्यो 

कमल खत्री, गायक

दसैंमा छोरी भएर जन्मिएको भए हुन्थ्यो भन्ने लाग्थ्यो 

काठमाडौं । गायक कमल खत्री पनि बच्चपनामा आम केटाकेटीभन्दा फरक थिएनन् । चकचके स्वाभावका उनी वाकमेन बोक्यो । गाउँभरीका साथी डाक्यो । गीत रेकर्ड गर्यो, हिँड्यो । उनकौ दैनिकी थियो । दसैंमा यो क्रम झन् बाक्लो हुन्थ्यो । त्यसैले त उनका बुवा भन्थे, “यसैगरी लफङ्गा भएर गाइने बनेर हिँड् ।”

उनको दसैं स्मरण कम रमाइलो छैन । आमाबाबुले टीका लगाएर कति पैसा दिन्छन् भन्ने कमललाई खुल्दुली हुन्थ्यो । 

सानोमा सबै केटाकेटी उस्तै हुन्छन् जस्तो लाग्छ कमललाई त्यसमा पनि घरका साना केटाकेटीले लगाउने एकै खालका लुगाले झनै त्यस्तै माहोल सिर्जना गथ्र्यो । 
कमलाई कमब्याट खुब मन पथ्र्यो । त्यसैले बुवालाई भन्थे, “कमब्याट चाहियो ।” बैंकका जागिरे बुवा छोराले भनेपछि हार्न सक्तैनथे । 

“हामी तीनै जना दाजुभाइलाई एकैखालको कमब्याट ल्याइदिनुहुन्थ्यो । लगाउँदा उस्तै देखिन्थ्यौं,” कमल हाँस्दै भन्छन्, “कसको लुगा कुन हो चिन्नै गाह्रो हुने ।”
बहिनीलाई पैसा दिँदा कमलाई पनि उनका बुवाआमाले पैसा दिन्थे । उनी पनि मक्ख पर्दै हात थाप्थे । उनले अहिले पो थाहा पाए, “भए हामीले नै पो दिनुपर्दोरहेछ । अहिले भने म आफैं आमाबुबालाई दिन्छु ।”

बालवय के थाहा । घरमा बहिनीलाई पैसा दिएपछि आफूलाई पनि दिएपछि मख्ख पर्थे उनी । त्यही आस गाउँमा टीका लगाउन जाँदा पनि हुन्थ्यो । टीका लगाइदिन्थे । आशिर्वाद दिन्थे र पैसा त छैन । भन्थे, “छोरा भएर जन्मिस् बाबु पैसा दिउँ भने ।” मनै खिन्न हुन्थ्यो । किन छोरी भएर जन्मिन ? भन्ने लाग्थ्यो ।
दसैं नै पैसा र खसी मात्रै हो जस्तो लाग्थ्यो । अरु दिन भन्दा पनि खसी काट्ने दिन बेग्लै उत्साह हुन्थ्यो कमलमा । त्यसपछि टिका लगाउने दिन पैसाको प्रतिक्षा हुन्थ्यो ।  

सर्लाही स्थायी घर भएका कमल मामाघर भने खासै जाँदैनथे । “तराईमा दसैं खासै उत्साहपूर्वक नमनाइने भएकाले होला, कुनैकुनै दसंैमा मात्रै गइन्थ्यो,” उनले सम्झिए । 
समयसँगै उमेर बालबय छोडियो । रहर भन्दा पनि जिन्दगी कहर हुन थाल्यो । जिम्मेवारी बढ्लै जान थाल्योे । रमाइलो भने घट्दै जान थाल्यो । 
कमलले दसैं घरमा मनाउन छोडेको निकै भयो । कुनै कुनै वर्ष मात्रै हो उनले अहिले परिवारसँग बसेर दसैं मनाउने । 

संगीत पारखीहरुको मनमा बसेपछि भने कमलको दसैं  घरमा भन्दा बाहिर धेरै हुन थाल्यो । भन्छन्, “सांगीतिक कार्यक्रमहरू भइरहन्छन् । ती कार्यक्रमहरूमा सहभागी हुनुपर्छ । चाडपर्व घरमा भन्दा बाहिरै धेरै मनाइन्छ ।” 

यो पटक पनि उनी दसैंको कार्यक्रममा व्यस्त छन् । दसैंमा उनी अष्ट्रेलियामा छन् । अष्ट्रेलियाका विभिन्न सहरमा कार्यक्रम सकेर जापानमा पनि उनले दसैंमा कार्यक्रम गरे । 
कमलको घर सर्लाही बरथहवा हो । दसैं मात्रै होइन उनी तिहारमा पनि उस्तै रमाइलो गर्थे । “देउसी खेल्न जान्थ्यौं । पटकामा आगो सल्काएर घरभित्रै पड्काएर भाग्थ्यौं,” कमलले सम्झिए । त्यस्तो उटपटयाङ काम सम्झिँदा अहिले भने पश्चताप हुन्छ । तर उनी मात्रै होइन । गाउँका अधिकांश केटाकेटी त्यस्तै थिए । कमल पनि त्यस्तै । संगत अनुसार पनि हुँदोरहेछ सायद उनी पनि साथीहरुकै लहलहैमा हिँड्थे ।  
  
 
 

प्रतिकृया दिनुहोस
ad