site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 २८ चिनियाँ कम्पनी अमेरिकाको  कालोसूचीमा, झन् चर्किदै व्यापार युद्ध
Ghorahi CementGhorahi Cement

वाशिङटन । अमेरिकाले चीनको सिन्जियाङ प्रान्तमा रहेका उइगुर्स मुश्लिम समुदायलाई ज्यादती गरेको आरोपमा २८ वटा चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेको छ ।

अमेरिकाले सो सूचीमा राखेपछि ती कम्पनीले अब वाशिङटनको स्वीकृति बिना अमेरिकी कम्पनीका उत्पादन लिन रोक लाग्नेछ । ती २८ वटा कम्पनीमा सरकारी एजेन्सी र प्रविधि अर्थात् खासगरी सर्भिलेन्स उपकरण सम्बन्धी संगठनहरु रहेका छन् । अमेरिकाले  पहिलो पटक यसपालि चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाएको भने होइन । गएको मे महिनामा ट्रम्प प्रशासनले चीनको चर्चित टेलिकम्युनिकेसन कम्पनी हुवावेलाई उसका उत्पादनबाट सुरक्षा खतरा रहेको भन्दै ‘इन्टीटी लिस्ट’मा राखेको थियो । 

Agni Group

अमेरिकाको वाणिज्य मन्त्रालयले ती कम्पनीलाई मानवअधिकार उल्लंघन र ज्यादतीको आरोप लगाएको छ । अमेरिकाले प्रतिबन्ध लगाएकामा हिक्भीजन, दाहुवा टेक्नोलोजी,मेग्भी टेक्नोलोजी लगायतका फेसियल रिकोग्निसन सम्बन्धी कम्पनीपनि रहेका छन् । अमेरिका र चीन अहिले व्यापार युद्धमा रहेका छन् । 

चीनले यसै हप्ताको अन्त्यमा आफ्नो व्यापारिक प्रतिनिधिमण्डल वाशिङटन पठाउँदैपनि छ । अमेरिकाको यो नीतिले चीनको प्रविधि सम्बन्धी महत्वकांक्षालाई धक्का लाग्न सक्नेछ । अहिले अमेरिकाले प्रतिबन्ध लगाएका कतिपय कम्पनी  चीनका सबैभन्दा ठूला टेक स्टारका रुपमा समेत चिनिन्छन् ।

Global Ime bank

यस अघि हुवावेलाई अमेरिकाले सो सूचीमा राखेको थियो । अमेरिकाले उक्त सूचीमा राख्नुको मतलब गुगल जस्ता अमेरिकी कम्पनीले हुवावेसँग व्यवहार गर्नको लागि पनि इजाजत लिनुपर्ने हुन्छ । दुई पक्षबीचको व्यापार युद्धका कारण उपभोक्ताले भने अब कि चिनियाँ सामान मात्रै कि चाहिं अमेरिकी सामान मात्रै लिनुपर्ने अवस्था उत्पन्न गराउन खोजिएको छ ।

चीनमा रहँदै आएका उइगुर्स मुसलमान जातिय रुपमा टर्कीका मुसलमान समुदायका मानिस हुन् । सिन्जियाङमा उनीहरुको संख्या करिब ४५ प्रतिशत रहेको छ । ४० प्रतिशत भने हान चाइनिज समूहका रहेका छन् । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC