site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दमौली । बडादशैँको दशमीका दिन जिल्ला कारागार तनहुँका कैदीबन्दीले कारागारभित्रै टीका लगाएका छन् । हरेक वर्षझैँ यस वर्षको दशैँमा पनि कारागार प्रशासनले कैदीबन्दीलाई दशैँको टीका लगाउने व्यवस्था मिलाएको थियो ।

विभिन्न अपराधमा सजाय काटिरहेका कैदीबन्दीलाई आफन्तजनको हातबाट दशैँको टीका लगाउने व्यवस्था मिलाइएको कारागार तनहुँका सहायक जेलर नारायण अधिकारीले जानकारी दिए । “आफन्तजनबाट कैदीबन्दीलाई दशैँको टीका लगाउन कारागारभित्रै व्यवस्था गरेका थियौँ,” अधिकारीले भने, “टीका लगाउन पाउँदा कैदीबन्दी खुशी भएका छन् ।” 

कैदीबन्दीले कारागारभित्रै रमाइलो वातावरणमा दशैँ मनाएका थिए । कारागार प्रशासनले दशैँ र तिहारमा आफन्तजनको हातबाट कैदीबन्दीलाई टीका लगाउने व्यवस्था मिलाउँदै आएको छ । कूल ३५ जना क्षमताको कारागारमा हाल थुनुवा र कैदी गरी १४३ जना कैदीबन्दी रहेका छन् ।
रास

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC